महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौंमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक चक्रदेव भट्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०९।११ गते।
------------------------------------------
महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौंमा दरबन्दी भई कलंकीमा कार्यरत प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टले प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा प्रयोजनका लागि भारतबाट ल्याएको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी व्यक्तिगत फाइदा लिएको हुँदा उक्त शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानबिन गरी कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज चक्रदेव भट्टले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट जारी भएको देखिने NAME: CHAKAR DEB BHATT, ROLL NO. 660057, YEAR: 1991, SENIOR SCHOOL CERTIFICATE EXAMINATION, 1991 को MARKS STATEMENT र PROVISIONAL CERTIFICATE लगायतका शैक्षिक योग्यताको झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा प्रहरी जवान पदमा मिति २०५०।१२।२० गते नियुक्ती लिई प्रहरी सहायक निरीक्षक पदसम्म पदोन्नति भई हाल नेपाल सरकारबाट निवृत्तभरण सहितको हैसियत, लाभ, सुविधा लिई भ्रष्टाचारजन्य कसूर गरेको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य साबिक भ्रष्टाचार निवरण ऐन, २०१७ को दफा १२ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूर भएको हुँदा निजलाई साबिक भ्रष्टाचार निवरण ऐन, २०१७ को दफा १२ तथा दफा २९ को उपदफा (२) र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम के.सी.समेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/22
जिल्ला महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. ६ बस्ने जिवराज पोखरेल उपर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/21
जिल्ला बारा, पचरौता नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मकबुल मिया अंसारीसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/20
जिल्ला दार्चुला, शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/18
जिल्ला सर्लाही, बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहासमेत ८ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/14
नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीव कुमार सिंहसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/13
जिल्ला दोलखा, मेलुङ गाउँपालिका, वडा नं. १ का वडाध्यक्ष इश्वर कोईरालासमेत ३ जना उपर सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/12
जिल्ला कैलाली, चुरे गाउँपालिका वडा नं. ६ बस्ने प्रेम सिंह ठगुन्ना र जिल्ला कैलाली, गोदावारी नगरपालिका वडा नं. २ बस्ने किसन सिंह साउद उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/08