प्रतिवादी धनेश्वर प्रसाईसमेत रहेको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८२।०९।०९ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी काठमाण्डौका शाखा अधिकृत धनेश्वर प्रसाई समेतका प्रतिवादीहरु उपर नियमानुसारको पेन्सनपट्टा (निवृत्तिभरण अधिकार पत्र) सम्बन्धी काम गरिदिनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग रु.३,००,०००।- घुस/रिसवत माग गरी लिएको स्थापित भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.३,००,०००।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो वमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।०३।३२ को फैसलाबाट आंशिक सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८२।०९।०९ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी
Tweet