प्रतिवादी उदय कुमार यादवसमेत रहेको गैरकानूनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८२।०९।०९ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जिल्ला धनुषा, शहीदनगर नगरपालिका धनुषाका तत्कालीन नगर प्रमुख उदय कुमार यादव समेतका प्रतिवादीहरु उपर जिल्ला धनुषा, शहीदनगर नगरपालिकाले आ.व. २०७७/०७८ मा स्यानिटरी प्याड खरिदमा झुट्टा विवरण तयार गरी मिलेमतोमा सिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित नगरेको, सम्झौता हुन अगावै र कही कतै संख्या स्पष्ट नहुँदै स्यानिटरी प्याड आपूर्ति गरी रु.१३,९३,६८७।– हानिनोक्सानी पुर्याई भ्रष्टाचारजन्य कसुर गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) बमोजिमको कसुरमा रु.१३,९३,६८७।– बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी बिगोसमेत असूल उपर हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८१।०३।१७ (फैसला प्रमाणिकरण मिति २०८२।०४।२१) को फैसलाबाट सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८२।०९।०९ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी
Tweet