प्रतिवादी मधु प्रसाद बस्ताकोटीसमेत रहेको सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८२।०९।०९ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधु प्रसाद बस्ताकोटी समेतका प्रतिवादीहरु उपर सरकारी सार्वजनिक रुपमा नै भोगमा रहेका जिल्ला धनुषा, साविक पिडारी गा.वि.स. वडा नं.५ अन्तर्गतका जग्गाहरु मिलेमतोमा गैरकानूनी रुपमा व्यक्ति विशेषको नाममा कायम गरी भ्रष्टाचार गरेकोले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ बमोजिमको कसूर गरेको र उक्त कसुरलाई हाल प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ ले समेत निरन्तरता दिएको देखिंदा बिगो रू.२९,८८,८१,४३७।५० कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम ऐ. ऐनको दफा ३(१) बमोजिम जरिवाना र ऐ. ऐनको दफा ३(१)(झ) बमोजिम कैद सजाय गरी सोही भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ र भ्रष्टाचार निवारण ऐन,२०५९को दफा १७ बमोजिम बिगोसमेत असुल उपर हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८१।०३।०५ को फैसलाबाट आंशिक सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८२।०९।०९ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
 
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी दुर्गबहादुर ओलीसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/12
प्रतिवादी ब्रहमदेव यादवसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/12
प्रतिवादी नइन्द्र कुमार पौडेलसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/11
प्रतिवादी चितरंजन दाससमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/11