नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक लालबाबु गिरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०९।०८ गते।
------------------------------------------

सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरुले सेवा प्रवेश र बढुवाका लागि नक्‍कली शैक्षिक प्रमाणपत्र पेस गरेकोले छानविन गरिपाउँ भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक लालबाबु गिरीले सन् १९८८ मा BIHAR SCHOOL EXAMINATION BORD, PATNA, INDIA बाट Secondary School Examination-S.L.C. (India) को शैक्षिक योग्यता (मार्क सिट Roll Code 5501/Roll No718) हाँसिल गरेको, उक्त शैक्षिक प्रमाणपत्र सम्बन्धमा बिहार विद्यालय परीक्षा समिति, पटनाबाट अभिलेखमा अन्तिम क्रमाङ्क ५७६ सम्म मात्र छापिएको छ भन्ने व्यहोरा उल्लेख भई आएकोले उक्त BIHAR SCHOOL EXAMINATION BORD, PATNA, INDIA, Secondary School Examination-S.L.C.(India) (Roll Code 5501/Roll No718)को शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको तथा सोही शैक्षिक योग्यताको प्रयोग गरी मिति २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट P.C.L. in Nursing तथा मिति २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट Post Basic Bachelor in Nursing को योग्यतासमेत प्राप्त गरेको र उक्त शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेस गरी मिति २०५२/०९/१६ मा नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (प्राविधिक) पदमा शुरु नियुक्ती लिई तिनै झुट्टा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी हालको प्रहरी बरिष्ठ उपरीक्षक पदमा समेत बढुवा लिएको साथै बिभिन्न तालिम र सुविधाहरु लिएको देखिएकोले निज लालबाबु गिरीले नेपाल प्रहरीको पदमा नियुक्ति भई ‌ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन,  २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

 

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोक बहादुर महतारासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/15
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झासमेत ४ जना र राधा कृष्ण निर्माण सेवा, राजविराज, सप्तरी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/11
जिल्ला पर्सा, वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याउने, सरकारी कागजात नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/08
जिल्ला नवलपरासी (ब.सु.पू.), त्रिवेणी गाउँपालिका वडा नं. ७ स्थायी वतन भएका ईश्वरी प्रसाद गौतम उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/02
जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/27