प्रतिवादी दीनानाथ मिश्रसमेत रहेको घुस/रिसवत लिई गलत लिखत तयार एवं सरकारी लिखत सच्याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८२।०८।२८ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नापी कार्यालय बारामा अधिकृतको रुपमा कार्यरत रही हाल अवकाश प्राप्त प्रतिवादी दीनानाथ मिश्र समेतका प्रतिवादीहरु उपर घुस/रिसवत लिई जिल्ला बारा डुमरवाना गा.वि.स. वडा नं. ६ स्थित रहेको जग्गाको गलत क्षेत्रफल कायम गरी उक्त जग्गाहरुको प्लट रजिष्टर, नापी नक्सा तयार गर्ने र सोही आधारमा लिखत पारित गरी गराई श्रेस्ता कायम गर्ने भ्रष्टाचारजन्य कार्य गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.१,५०,०००।– कायम गरी सोही ऐनको दफा ३(१)(घ) बमोजिम कैद सजाय हुन तथा सोही ऐनको दफा ३(१) बमोजिम जरिवाना हुन र रिसवत लिएको रकम सोही ऐनको दफा ३(१) बमोजिम असुल/जफत गरी पाउन एवं गलत लिखत तयार गरेतर्फ सोही ऐनको दफा ९ को कसुरमा सोही दफा ९ बमोजिम कैद र जरिवाना हुन र लिखत सच्याएतर्फ सोही ऐनको दफा ११ बमोजिमको कसुरमा सोही दफा ११ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।०३।२२ को फैसलाबाट आंशिक सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८२।०८।२८ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
 
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी दुर्गबहादुर ओलीसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/12
प्रतिवादी ब्रहमदेव यादवसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/12
प्रतिवादी नइन्द्र कुमार पौडेलसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/11
प्रतिवादी चितरंजन दाससमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/11