प्रतिवादी विकास ध्वन्जुसमेत रहेको भ्रष्टाचार मुद्दामा सम्मानित सर्वोच्च अदालत, काठमाडौंबाट भएको फैसला उपर पुनरावलोकनको निवेदन दर्ता गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८२।०५।१७ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नेपाल गुणस्तर तथा नापतौल विभाग, टयाक्सी टेम्पो इकाई, बालाजु, काठमाण्डौंका निरीक्षक विकास ध्वन्जु, सहायक निरीक्षकहरु दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्का उपर ट्याक्सीको मिटर जडान गर्नका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी लिएको स्थापित भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसूरमा बिगो रु.५,००,०००।– (पाँच लाख) कायम गरी ऐ.ऐनको दफा ३(१) र ३(१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतको मिति २०७६।०१।११  को फैसलाबाट सजाय ठहर भएकोमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२।०२।०८ गते सफाई पाउने भनी भएको फैसला उपर मिति २०८२।०५।१७ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गरिएको छ। 
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल

पुनरावलोकन प्रेश बिज्ञप्ति पुनरावलोकन प्रेश बिज्ञप्ति पुनरावलोकन आरोपपत्र पुनरावलोकन आरोपपत्र
  

Other Press Release