आर्थिक वर्ष २०८१/८२ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न्।


प्रेस विज्ञप्ति :- मिति २०८२।०४।०९ गते।
---------------------------------------------

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आ.ब. २०८१।०८२ को बार्षिक समिक्षा कार्यक्रम मिति २०८२।०४।०८ र ०९ गते आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेम कुमार राईको अध्यक्षतामा आयोगको सभाहलमा सम्पन्न भयो। कार्यक्रममा आयोगका माननीय आयुक्तहरु, सचिव, महाशाखा प्रमुखहरु, आयोग मातहत कार्यालयका प्रमुखहरु, आयोगका अनुसन्धान अधिकृतहरु र भर्चुअल माध्यमबाट आयोग मातहत कार्यालयका कर्मचारीहरुको सहभागीता भएको थियो। कार्यक्रममा आयोगको समग्र काम कारवाही, उजुरी प्राप्ति, छानबिन, अनुसन्धान, अभियोजन, नविनतम कार्यहरु र आयोगका सामु रहेका सवालहरुसहित आगामी कार्यदिशाका बारेमा छलफल भयो। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

कार्यक्रम कार्यक्रम
  

Other Press Release