जिल्ला कैलाली, डिभिजन वन कार्यालय, धनगढीका बरिष्ठ वन अधिकृत पूर्णशंकर यादव रु.७,३१,०००।– घुस रकमसहित नियन्त्रणमा ।
प्रेस विज्ञप्ति:- मिति २०८२।०४।०५ गते ।
----------------------------------------------------
जिल्ला कैलाली, डिभिजन वन कार्यालय, धनगढीका बरिष्ठ वन अधिकृत पूर्णशंकर यादवले जिल्ला कैलाली, चुरे गाउँपालिका वडा नं. ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपूर्जीको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज बरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई सेवाग्राहीबाट रु.७,३१,०००।– (सात लाख एकतीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित डिभिजन वन कार्यालय, धनगढीबाट आज मिति २०८२।०४।०५ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
Tweet
Other Press Release
|
भूमी प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेल घुस रकमसहित नियन्त्रणमा।
2026/06/13 |