प्रतिवादी बिनोद कुमार मण्डल रहेको भ्रष्टाचार मुद्दामा सम्मानित सर्वोच्च अदालत, काठमाडौंबाट भएको फैसला उपर पुनरावलोकन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८२।०३।२४ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नापी कार्यालय, दमकका तत्कालीन सर्भेक्षक बिनोद कुमार मण्डल उपर जग्गाहरुको कित्ता एकीकृत गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरी लिएकोले सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिमको कसुरमा बिगो रु.६,८०,०००।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) र दफा ३ (१) को देहाय (ङ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतको मिति २०७५।०३।२७ को फैसलाबाट सजाय ठहर भएकोमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०८१।०५।२७ गते सफाई पाउने भनी भएको फैसला उपर मिति २०८२।०३।२४ गते पुनरावलोकन गरिएको छ। 
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल

पुनरावलोकन प्रेश बिज्ञप्ति पुनरावलोकन प्रेश बिज्ञप्ति पुनरावलोकन आरोपपत्र पुनरावलोकन आरोपपत्र