प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र, सेभेन हिल्स प्रा.लि.का सञ्चालक अनिल शाह समेत ८ जना र सेभेन हिल्स प्रा.लि. उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०१।१४ गते।
------------------------------------------

मधेस प्रदेश, सामाजिक विकास मन्त्रालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामबाट २०७९/०८० मा मधेस प्रदेश स्थित ७२ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाको लागि भएका खरिद सम्झौताहरु मध्ये Contract No: Re-PPHL2/G/NCB/02/2079-80 मा सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा भएको व्यवस्था बमोजिम मेडिकल सामाग्री, इक्विप्मेन्ट, फर्निचर र IT पूर्वाधार खरिद प्रयोजनार्थ बजेट माग गर्नुपूर्व सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन, लाभ-लागत बिश्लेषण, उपयुक्त खरिद बिधिसमेतको अध्ययन बिश्लेषण हुनुपर्नेमा सो नगरी बजेट माग गरे गराएको, स्पष्ट आधार, कारण र औचित्यता बिना एउटा शीर्षकलाई दुई वटा ठेक्कामा टुक्र्याई खरिद गरेको, कुन कुन स्थानीय तहमा के कति जनसंख्या र बिरामीको चाप रहेको छ सो विश्लेषण नै नगरी खरिद कार्य गरे गराएको, खरिद गरिएका उपकरणहरु कुन कुन पालिकाका हुन भन्ने यकिन हुन नसकेको, खरिद कार्यमा एक आपसमा सम्बन्ध तथा Conflict of Interest रहेका फर्महरुबाट दररेट पेश गर्न लगाई सोही दररेटको आधारमा लागत अनुमान स्वीकृत गरेको, स्वीकृत भएको लागत अनुमान बमोजिमको हाराहारीमा नै बोलपत्र पेश गरी सेभेन हिल्स प्रा.लि., सिनामंगल,काठमाडौँ मार्फत लागत अनुमान भन्दा ५.७४% मात्र घटी रकम कवोल गरी गराई ठेक्का प्राप्त गरी सम्झौता समेत गरेको, सम्झौताको शर्तहरु विपरीत स्वीकृत स्पेसिफिकेशनमा उल्लिखित भन्दा कम फिचर भएका, स्पेसिफिकेशन भन्दा फरक र कम मूल्यका गुणस्तरहीन मालसामान खरिद गरेको देखिंदा देखिदै जानी जानी उक्त मालसामान स्पेसिफिकेशन बमोजिम नै रहेको भनी बदनियतपूर्व गलत Post Delivery Inspection प्रतिवेदन पेस गरी रु.६,०५,११,५००।- भुक्तानी गरे/गराएको पुष्टि भएको हुँदा भ्रष्टाचारजन्य कसूरमा संलग्न देहायका प्रतिवादीहरुलाई देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

 

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

 

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22
जिल्ला महोत्तरी, सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/19
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा खरिदार पदमा कार्यरत राम कुमार बोहरा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/06/18
जय भवानी माध्यमिक विद्यालय, हिलिहाङ, पाँचथरमा बालविकास सहजकर्ता पदमा कार्यरत बिना कुमारी राई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/06/17