मधेस प्रदेश, सामाजिक विकास मन्त्रालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र र वरिष्ठ ल्याव टेक्निसियन निरीक्षक गुणानन्द प्रसाद साह ८ जना र सेभेन हिल्स प्रा.लि. उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०१।१४ गते।
------------------------------------------

मधेस प्रदेश, सामाजिक विकास मन्त्रालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामबाट २०७८।०७९ मा मधेस प्रदेश स्थित 64 वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाको लागि भएका खरिद सम्झौताहरु मध्ये Contract No: PPHL2/G/NCB/05/2078-79, Procurement of Equipment, IT Infrastructure, Software and Furniture for establishment of Pathology lab in Municipality मा सार्वजनिक खरिद नियमावली, २०६४ मा भएको व्यवस्था बमोजिम खरिद कार्यको गुरु योजना नबनाई तथा पूर्व सम्भाव्यता अध्ययनसमेत नभएको, लाभ-लागत विश्लेषण र उपयुक्त खरिद विधिसमेतको पहिचानसमेत नगरी नगराई बजेट माग गरिएको, खरिद आवश्यकताको पहिचान एवं उल्लेखित उपकरणहरु जडान हुने भनिएको स्थानीय तहको जनसंख्या र बिरामीको चाप र उपकरणको क्षमता बिश्लेषण नै नगरी खरिद कार्य गरेको, खरिद गरिएका उपकरण कुन कुन पालिकामा जडान गरिने  हुन भन्ने नखुलेको, आपूर्तिकर्ता सेभेन हिल्स प्रा.लि., सिनामंगल, काठमाडौँसँग मिलेमतो गरी बदनियतपूर्वक स्वीकृत स्पेसिफिकेशन र बोलपत्रमा कबोल भए विपरीत माग गरिएको भन्दा कम फिचरहरु भएतापनि स्पेसिफिकेशन बमोजिम नै सामाग्री आपूर्ति भएको भनी सामाग्रीहरु स्वीकार गरी अस्वाभाविक रुपमा बढी मूल्य तिरेको र कम मूल्यका मालसामानहरु स्पेसिफिकेशन बमोजिम नै रहेको भनी गलत Post Delivery Inspection (PDI) समेत तयार गरी गलत प्रतिवेदन पेश गरी भुक्तानीको लागि सिफारिस गरी गराई सेभेन हिल्स प्रा.लि., काठमाडौँलाई रु.५,०१,९०,०८०।-भुक्तानी गरे/गराएको पुष्टि भएको हुँदा उल्लेखित भ्रष्टाचारजन्य कसूरमा संलग्न देहायका प्रतिवादीहरुलाई देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला नुवाकोट, म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङ उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/27
भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौं तुलाकान्त चौधरी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/26
नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडी उपर बिगो रू.३,७१,८४,५५१/८० कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/25
जिल्ला डडेल्धुरा, भगवती प्राथमिक विद्यालय, पर्सेरावलका बालविकास सहजकर्ता मन्जु देवी बोहरा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/08/24
जिल्ला झापा, गौरीगञ्ज गाउँपालिका वडा नं. १ का वडा सचिव अजय कुमार शाह उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/21
तत्कालीन जिल्ला शिक्षा कार्यालय, लमजुङका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपाने, आदर्श बाल माध्यमिक विद्यालय, लमजुङका शिक्षक नवराज के.सी. उपर झुट्टा विवरण दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/19
आन्तरिक राजश्व कार्यालय, लहान, सिरहाका कर अधिकृत युवराज एम. एस. पालसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/18