प्रतिवादी राजेन्द्र नेम्कुलसमेत रहेको भ्रष्टाचार मुद्दामा सम्मानित सर्वोच्च अदालत, काठमाडौंबाट भएको फैसला उपर पुनरावलोकन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८२।०१।०३ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट ललितपुर महानगरपालिका राजस्व शाखामा कार्यरत खरिदार राजेन्द्र नेम्कुल समेतका प्रतिवादी उपर सेवाग्राहीसँग घर जग्गा तथा घर बहाल कर कम गरी मिलाई दिए बापत रु.७०,०००।- घुस/रिसवत लिएको पुष्टी भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.७०,०००।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजाय हुन विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा मिति २०७५।१०।०३ को फैसलामा चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएकोमा सम्मानित सर्वोच्च अदालतको मिति २०८१।०८।२३ गतेको फैसला उपर पुनरावलोकन गरिएको छ।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
पुनरावलोकन प्रेश बिज्ञप्ति
पुनरावलोकन प्रेश बिज्ञप्ति
पुनरावलोकन आरोपपत्र
पुनरावलोकन आरोपपत्र