सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा कार्यरत सहायक लेखापाल खड्क बहादुर राना नियन्त्रणमा।
प्रेस विज्ञप्ति :- मिति २०८१।१२।२७ गते।
-------------------------------------------------
जिल्ला सुर्खेत, सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयले आर्थिक बर्ष २०७६/७७ देखि २०८०/८१ सम्म संकलन गरेको राजस्व रकम हिनामिना गरेको भन्ने समेतको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा कार्यरत सहायक लेखापाल खड्क बहादुर रानालाई सम्वन्धित कागजात सहित सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयबाट आज मिति २०८१/१२/२७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल