प्रतिवादी कुमारी तारा घिमिरे रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।१२।१४ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादीहरु कुमारी तारा घिमिरे र दिपा थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.१२,०००/-कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) बमोजिम सजाय हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।११।०४ को फैसलाबाट  सफाई दिएको-: 
• प्रतिवादीहरुले दिनुपर्ने सेवा वापत घुस रकम माग गरेको तथ्य कुनै प्रमाणबाट नदेखिएको, काम लगाएको वा रकम माग गर्न भनेको तथ्य पुष्टि नभएको।
• प्रतिवादी दिपा थापाबाट रकम बरामद भएतापनि निज उजुरकर्ताको काम गर्ने ओहोदाको कर्मचारी पनि नभएको र सह प्रतिवादी कुमारी तारा घिमिरेलाई उक्त रकम दिएको पनि नदेखिएको।
• प्रतिवादीहरुले सरकारी राजस्व वापत लाग्ने रकममात्र भनेको हो भनी आरोपित कसुरमा इन्कार रही बयान गरेको।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।१२।१४ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) व्यापार चिन्ह (ट्रेडमार्क) दर्ता गर्नको लागि घुस/रिसवत लिएको सम्बन्धमा प्रतिवादीहरु दिपा थापा र कुमारी तारा घिमिरेले अनुसन्धानको क्रममा बयान गर्दा खानतलासी /बरामदी मुचुल्कामा भएको दस्तखत, उजुरी निवेदकले निवेदन साथ पेश गरेको अडियो/भिडियो रेकर्डमा भएको संवाद मेरो हो र देखिएको व्यक्ति पनि म हो भन्नेसमेत व्यहोरा उल्लेख गरी बयान गरेको। प्रतिवादी दिपा थापाको पोलिग्राफ परीक्षण प्रतिवेदनमा DECEPTION INDICATED भन्नेसमेत व्यहोराको पोलिग्राफ प्रतिवेदन एवं अडियो/भिडियो रेकर्ड संवादको आवाज परिक्षण गर्दा कुमारी तारा घिमिरेको हकमा Match probability is more than ७४.७% र दिपा थापाको हकमा Match probability is more than ७३.९%. रहेको भन्ने समेत व्यहोराको स्वर(VSA) परीक्षण प्रतिवेदन देखिएको। निजहरु उद्योग विभागको औद्योगिक सम्पत्ति शाखाको कामकाज गर्ने गरी खटिएको पत्रबाट देखिएको। मुचुल्का तथा घटना विवरण कागज गर्ने मानिसहरुसमेत मुचुल्का तथा मौकाको कागज समर्थित हुने गरी अदालत समक्ष बकपत्र गरिदिए समेतका उल्लिखित मिसिल संलग्न सवुद प्रमाणहरुबाट प्रतिवादी  कुमारी तारा घिमिरे र दिपा थापाले उत्तरवाहिनी फुड एण्ड बेभरेज प्रा.ली.को तर्फबाट अक्वा वाहिनी र अक्वा कोलमोटेश्‍वर नामक व्यापार चिन्ह (ट्रेडमार्क) दर्ता गरी ट्रेडमार्क दिने प्रयोजनको लागी सेवाग्राहीसँग घुस/रिसवत वापतको रु.१२,०००|- लिई लिन लगाएको मिसिल संलग्न सवुद प्रमाणहरुबाट पुष्टि भईरहेको अवस्थामा प्रमाणहरुको मुल्यांकन नगरी भएको फैसला त्रुटिपूर्ण रहि बदरभागी रहेको।
ख) सम्मानीत सर्वोच्च अदालतबाट प्रदीप अधिकारी विरुद उद्योग विभाग भएको (ने.का.प.२०६७,अंक ४, नि.नं.८३४०) मुद्दामा “अभियोग लागेको व्यक्तिले सो अभियोगबाट उन्मुक्ति पाउन वा सजायमा कमी वा छुट पाउन जिकिर लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार निज उपर नै हुन्छ।खल्तीबाट घुसको रकम बरामद भएको अवस्थामा घुस/रिसवत लिएको होइन भनी जिकिरसम्म लिएको तर त्यसलाई कुनै बस्तुनिष्ठ प्रमाण पेश गरी प्रमाणित गर्न नसकेकोले बरामद भएका नोटहरु प्रतिवादीको जानकारी र सहमति बेगर निजको अज्ञानता नै निजको खल्तीमा राखिएको वा जबर्जस्ती राखिएको भनी अनुमान गर्न नमिल्ने” (प्रकरण नं.५), “घुसको रकम, रङ्गेहात पक्राउ परेको स्कुल दर्ता गर्ने क्रममा घुस/रिसवत मागी लिएको अवस्थामा त्यस्तो रिसवत लिने राष्ट्रसेवक कर्मचारी कानून बमोजिम सजायको भागी हुने” (प्रकरण नं. ६) नजिर सिद्धान्त प्रतिपादन भएकोले उक्त फैसला त्रुटिपूर्ण भई बदरभागी रहेको।
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल 

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी बलराम थापा क्षेत्रीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/30
प्रतिवादी उपेन्द्र बहादुर थापासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी गज बहादुर रावतसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी देवेन्द्रमणी त्रिपाठी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी हरिओम प्रसाद जयसवाल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी विश्वराज मरासेनीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी कलिम अहमद जोलाहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28