प्रतिवादी बिष्णुकान्त मिश्रसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।१२।०७ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट: 
• प्रतिवादी जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत बिष्णुकान्त मिश्रलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.७०,००,०००।- कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय गरी पाउन साथै घुस रकम मध्ये चिनियाँ नागरिकबाट लिएको रु.४५,००,०००।– निवेदकलाई फिर्ता गर्न र प्रतिवादी लाक्पा ग्याल्जेनबाट घुस/रिसवत लिइएको भनी खुल्न आएको रु.२५,००,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम जफत गरी पाउन,
• प्रतिवादी बिष्णुकान्त मिश्रको छोरा नविन कुमार मिश्रलाई घुस रकम आफ्नो खातामा जम्मा गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसुरमा बिगो रु.४०,००,०००।- कायम गरी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह नै सजाय हुन,
• ग्याल्जेन एण्ड तामाङ र रसुवा ट्रेडिङ प्रालिका प्रोपाईटर प्रतिवादी लाक्पा ग्याल्जेनको मृत्यु भईसकेकोले  मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजि बिगो क्षतिपुर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्था बमोजिम निजले घुस दिएको रकम र चिनियाँ नागरिकबाट लिई प्रतिवादी बिष्णुकान्त मिश्रलाई दिएको रु.७०,००,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत गर्ने प्रयोजनका लागी मात्र प्रतिवादी कायम गरिएको,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।११।२७ को फैसलाबाट  सफाई दिएको-: 
क) आफ्‌नो जानकारी र सहमती बिना अरु कसैले कुनै रकम जम्मा गरी दिएको कार्यले फौजदारी दायित्व सृजना नहुने हुँदा त्यस्तो कार्यको लागि प्रतिवादी बिरुद्ध कुनै कसुर कायम भएको मान्न नमिल्ने।
ख) प्रतिवादीले उजुरकर्तासँग रिसवत रकम माग गरेको भन्ने अवस्था नदेखिंएको।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।१२।०७ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) जिल्ला वन कार्यालय रसुवाबाट रक्तचन्दन लिलाम बिक्रीको लागी मिति २०६६।१०।२० मा सूचना प्रकाशित गरी सो सूचनाको आधारमा रसुवा ट्रेडिङ्ग कम्पनि प्रा.लि. र ग्याल्जेन एण्ड तामाङ्ग विजिनेश प्रा.लि.लाई ठेक्का परेको र उक्त ठेक्का  सदर भई जिल्ला वन कार्यालय रसुवाले छोडपुर्जीसमेत दिएकोमा सो ठेक्का प्रक्रिया कानून विपरित भएकोले वन बिभागको पत्र अनुसार रद्द भई धरौटी बापतको रकम रु.६०,२५,०००।-फिर्ता गरेको देखिएको।बिष्णुकान्त मिश्रको छोरा नविन कुमार मिश्रको नाममा रहेको बैंकको खातामा रु.४०,००,०००।- रकम जम्मा भएको नविनकुमार मिश्रको बैंक स्टेट्मेन्टहरुबाट समेत देखिएको अवस्थामा सो तथ्यको विश्लेषण नगरी सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
ख) बिष्णुकान्त मिश्रले लिएको रकम रु.७०,००,०००।- मध्ये रु.४५,००,०००।– चिनियाँ नागरिकको र रु.२५,००,०००।- लाक्पा ग्याल्जेनको रहेको तथ्य निजको कागज र पेश गरेको लिखतको प्रतिलिपि समेतबाट पुष्टी भएको। प्रतिवादी बिष्णुकान्त मिश्रले लिएको रु.७०,००,०००।- मध्ये रु.४०,००,०००।- रकम छोराको खातामा हाल्न लगाई आफूले लिएको तथ्य निजको छोराको बयान र बैंक स्टेट्मेन्टहरुबाट देखिएको र बाँकी रु.३०,००,०००।-रकम निकालि निजलाई नगदै दिएको भन्ने लाक्पा ग्याल्जेनको कागजबाट देखिएको। प्रतिवादी विष्णुकान्त मिश्रले चिनियाँ नागरिकलाई रक्त चन्दनको ठेक्का मिलाईदिने प्रयोजनको लागि घुस रिसवत लिई छोरा नविन कुमार मिश्रको खातामा जम्मा गरी भुक्तानी समेत लिईसकेको अवस्था पुष्टी भई रहेकोमा तथ्य एवं प्रमाणको वेवास्ता गरी सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
ग) प्रतिवादी नविन कुमार मिश्रले वुवा विष्णुकान्त मिश्रको घुस/रिसवत बापतको रकम रु.४०,००,०००।- आफ्नो बैंक खातामा जम्मा गरी उक्त रकम निकालेको निजको बैंक स्टेट्मेन्टबाट देखिन आइरहेको अवस्थामा निजलाई आरोपदावी  बमोजिम नै सजाय हुनुपर्नेमा सो तर्फ अन्देखा गरी सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
घ) ग्याल्जेन एण्ड तामाङ र रसुवा ट्रेडिङ प्रालिका प्रोपाईटर प्रतिवादी लाक्पा ग्याल्जेनको मृत्यु भएकोले मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजि बिगो क्षतिपुर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्था रहेकोले निज प्रतिवादीले आफ्नो रकम र चिनियाँ नागरिकबाट लिई बिष्णुकान्त मिश्रलाई दिएको रिसवत रु.७०,००,०००।- जफत गर्ने प्रयोजन अनुसार नै कसुर कायम गर्नुपर्नेमा सो तर्फ अन्देखा गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
 
 

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी उपेन्द्र बहादुर थापासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी गज बहादुर रावतसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी देवेन्द्रमणी त्रिपाठी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी हरिओम प्रसाद जयसवाल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी विश्वराज मरासेनीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी कलिम अहमद जोलाहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी कुमारी तारा घिमिरे रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/03/27
प्रतिवादी जयकुमार खड्कासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/03/27
प्रतिवादी परशुराम उपाध्यायसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/03/27