जिल्ला महोत्तरी, भूमिसुधार तथा मालपोत कार्यालय, महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतो रु.३५,०००।- घुस रकमसहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८१।११।२८ गते ।
----------------------------------------------------
जिल्ला महोत्तरी, भूमिसुधार तथा मालपोत कार्यालय, महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज मुन्नु कुमार दास र जिवछ महतोलाई सेवाग्राहीबाट रु.३५,०००।–(पैंतीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०८१।११।२७ गते भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
घुस/रिसवत
घुस/रिसवत
Tweet