जिल्ला नवलपरासी (ब.सु. पश्चिम), पाल्हिनन्दन गाउँपालिका, वडा नं. ५ स्थित राजनारायण माध्यमिक बिद्यालय सहायक (लेखापाल) सुरेस गुप्ता र बिद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार घुस रकमसहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८१।०९।२४ गते।
----------------------------------------------------
जिल्ला नवलपरासी (ब.सु. पश्चिम), पाल्हिनन्दन गाउँपालिका, वडा नं. ५ स्थित राजनारायण माध्यमिक बिद्यालय सहायक (लेखापाल) सुरेस गुप्ता र बिद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहारले भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निजहरु सुरेस गुप्ता र सुरेन्द्र प्रसाद कहारलाई सेवाग्राहीबाट रू.६५,०००।- (पैसठ्ठी हजार रुपैयाँ) घुस/रिसवत लिइरहेको अवस्थामा उक्त रकमसहित निज लेखापालको कार्यकक्षबाट आज मिति २०८१।०९।२४ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता
नरहरि घिमिरे
Bribery/extortion Bribery/extortion
Tweet