घुस रकमसहित मानिस नियन्त्रणमा लिइएको।



प्रेस विज्ञप्ति :- मिति २०८१।०८।२८ गते।
---------------------------------------------
जिल्ला अछाम, मेल्लेख गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हाल जिल्ला नुवाकोट, किस्पाङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत धुर्व प्रसाद सापकोटाले मेल्लेख गाँउपालिकाको मेसिनरी सामान खरिद सम्बन्धी उजुरी दर्ता नं. ८०८१-C-०३०६७३ मिति २०८०/०८/१० गतेको उजुरी उपर आयोगको कार्यालय, कञ्‍चनपूरबाट विस्तृत अनुसन्धान भईरहेकोमा अनुसन्धानको सिलसिलामा स्थलगत मुचुल्का र आरोपीहरूको बयानसमेत सम्पन्न भई अनुसन्धान भईरहेको उजुरीसँग सम्बन्धित कागजात पेश गर्न आयोगको कार्यालय कञ्‍चनपूरका अनुसन्धान अधिकृतको कार्यकक्षमा आई अनुसन्धानमा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई कागजात सहितको खाम दिंदा निजलाई अनुसन्धान अधिकृतले आफैले खोलेर दिनु भन्दा निजले बोकेको हरियो रंगको झोला भित्र रहेको पहेलो खाममा ३१ थान कागजात र पहेलो रंगको अर्को खाम भित्र रु.१,०००।- दरको नेपाली नोट थान ९६ (छ्यानब्बे) र रु.५००।- दरको नेपाली नोट थान-८ (आठ) गरी जम्मा रू. १,००,०००।- (एक लाख रूपैँया) रहेकोमा यो के को पैसा हो? भनी सोधपुछ गर्दा मुद्दा मिलाईदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो भनी भनेको अवस्थामा निजले घुस/रिसवत दिने मनसायसहित ल्याएको उक्त रकमसहित निज धुर्व प्रसाद सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको कार्यालयबाट आज मिति २०८१।०८।२८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।

प्रवक्ता
नरहरि घिमिरे

Bribery/extortion Bribery/extortion
  

Other Press Release