जिल्ला महोत्तरी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायव सुब्बा अशोक कुमार यादव घुस रकम सहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८१।०८।०७ गते।
----------------------------------------------------
जिल्ला महोत्तरी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायव सुब्बा अशोक कुमार यादवले सवारी ज्यान कसुर मुद्धामा मृतकको नजिकको हकदार (पिडित पक्ष) ले पाउनु पर्ने कृया खर्च तथा क्षतिपुर्ति वापतको रकम लिनको लागि जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा जाँदा सेवाग्राहीसंग घुस/रिसवत माग गरीरहेको भन्ने सूचना एंव उजुरी निबेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले निज नायव सुब्बा अशोक कुमार यादवलाई सेवाग्राहीबाट रु. २०,०००।–(वीस हजार रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित महोत्तरी जिल्ला जलेश्वर नगरपालिका वडा नं. २ स्थितमा रहेको जिल्ला प्रशासन कार्यालय, महोत्तरीको कार्यालय परिसरबाट आज मिति २०८१/०८/०७ गते नियन्त्रणमा लिइ थप अनुसन्धान भई रहेको छ ।
प्रवक्ता
नरहरि घिमिरे
Tweet