प्रतिवादी चन्द्रसिंह लामासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८१।०८।०७ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौँमा दर्ता भएको सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्ने प्रतिवादी चन्द्रसिंह लामासमेत भएको मुद्दामा :
प्रतिवादीहरु चन्द्रसिंह लामा, संगिता चौलागाई, माधवप्रसाद चौलागाईले आपसी मिलोमतोमा निज प्रतिवादीहरुको संयुक्त दस्तखतबाट उक्त उपभोक्ता समुहको नेपाल बैंक लिमिटेड बनेपामा रहेको खातामा बदनियतपूर्वक उक्त सामुदायिक वनको अनियमित रुपमा रकम झिकि झिक्न लगाई नेपाल सरकार/सार्वजनिक संस्थाको सम्पत्तिको लापरवाही तथा बदनियत गरी हिनामिना तथा दुरुपयोग गरे गराएर निजी प्रयोगमा लगाई लगाउन दिई प्रतिवादीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा निज प्रतिवादीहरु उपर बिगो रु.9,13,२८०।9० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिमको सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन र सोही ऐनको दफा 17 बमोजिम बिगो रकम निज प्रतिवादीहरुबाट असुल उपर हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०8१।०२।२३ को फैसलाबाट सफाई दिएको-:
-
प्रतिवादीहरुले धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएको मौजदात रकम बैंकको खातामा नराखी आफैं चलाई रकम हिनामिना गरेको साथै उक्त दावीको रकम प्रतिवादीहरुले खाई मासेको भन्ने बदनियत पुष्टि हुन सक्ने नदेखिएको,
-
प्रतिवादीहरुले आफूले गैरकानूनी लाभ र संस्थालाई हानि पुर्याउने वदनियतले कार्य गरेको भन्ने अवस्था स्थापित हुन नसकेको तथा संस्थाको के कति सम्पत्ति हानि नोक्सानी भएको हो बस्तुनिष्ठ प्रमाणले पुष्टि हुन सक्ने नदेखिएको,
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०८।०७ मा पुनरावेदन गरिएको छः-
देहाय:
-
भष्टाचार निवारण ऐन, 2059 को दफा 17 अनुसार “कुनै राष्ट्रसेवकले आफ्नो ओहदाको वा सो सम्बन्धी कर्तव्य पालन गर्दा नेपाल सरकार वा सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही वा बदनियत गरी हिनामिना, हानि नोक्सानी वा दुरूपयोग गरे गराएमा वा मासेमा वा निजी प्रयोगमा लगाएमा निजलाई कसुरको मात्रा अनुसार दफा ३ बमोजिमको सजाय हुनेछ र त्यसरी हिनामिना, हानि नोक्सानी वा दुरूपयोग गरेको वा मासेको वा मास्न दिएको सम्पत्ति पनि निजबाट असूल उपर गरिनेछ भन्ने कानूनी व्यवस्था रहेको र प्रस्तुत मुद्दामा धारापानी हिले सामुदायिक वन ऐन, 2076 को दफा ३२ बमोजिम गठित सार्वजनिक उपभोक्ता समूह रहेको यी प्रतिवादीहरु सो संस्थाको निर्वाचित पदाधिकारी रहेकोले राष्ट्रसेवकको परिभाषा भित्र पर्ने भई सोही ऐनको दफा १७ आकर्षित हुने साथै धारापानी सामुदायिक वन उपभोक्ता समितिको आ.व. 2074।075 देखि आ.व. 079/080 सम्मको लेखा परीक्षण प्रतिवेदनबाट खातामा रु.38,14,997.15 हुनुपर्नेमा जम्मा रु.29,01,717।05 मौजदात रहेकोले फरक रकम रु.9,13,280.90 प्रतिवादीहरुले आफुखुशी लिई हिनामिना गरेको भन्ने मिसिल संलग्न प्रमाण कागजहरुवाट पुष्टि भईरहेको अवस्थामा प्रतिवादीहरुलाई आरोपदावी बमोजिम सजाय हुनुपर्नेमा प्रतिवादीहरुको कुनै वदनियत नदेखिएको भनी गलत व्याख्या गरी निज प्रतिवादीलाई अभियोग मागदावीवाट नै सफाई दिने गरी भएको विशेष अदालतको फैसला त्रुर्टिपूर्ण भई वदरभागी रहेको।
-
धारापानी हिले सामुदायिक वन उपभोक्ता समुहको आर्थिक वर्ष 2073/074 को अन्तिम मौज्दात रु.22,07,339।- रहेकोमा उक्त मौज्दात सरेर आएको रकम सहित सो पश्चातको आर्थिक वर्ष 2074/075 देखि आर्थिक वर्ष 2079/080 सम्मको जम्मा आम्दानी रु.83,88,217।95 रहेको र उक्त आ.व 2074/075 देखि आ.व 2079/080 सम्मको उक्त सामुदायिक वनको खर्च रु.45,73,220।- रहेको । यसरी धारापानी हिले सामुदायीक वन उपभोक्ता समुहको आ.व 2079/080 को अन्त्यको मौज्दात रकम रु.38,14,997/95 हुनुपर्नेमा प्रतिवादीहरुले लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएको मौज्दात रकम बैङ्कको खातामा नराखी आफै चलाई मासी हिनामिना हानिनोक्सानी गरी हाल उक्त सामुदायीक वनको खातामा जम्मा रु.29,01,717।05 मात्र मौज्दात रहेको देखिएको हुँदा उक्त धारापानी हिले सामुदायीक वन उपभोक्ता समुहको अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगिता चौलागाई, कोषाध्यक्ष माधव चौलागाईको संयुक्त दस्तखतबाट उक्त उपभोक्ता समुहको नेपाल बैंक लिमिटेड बनेपामा रहेको खाता नं.0१५००१०००४७२१२०००००१ मा उक्त सामुदायीक वनको अनियमित रुपमा रकम झिकि झिक्न लगाई विगो रु.9,13,२८०।9० नेपाल सरकार/सार्वजनिक संस्थाको सम्पत्तिको लापरवाही तथा बदनियत गरी हिनामिना तथा दुरुपयोग गरी निजी प्रयोगमा लगाई लगाउन दिई भ्रष्टाचार गरेको भन्ने पुष्टि भईरहेको अवस्थामा सो तर्फ अन्देखा भएको विशेष अदालतको फैसला त्रुर्टिपूर्ण भई वदरभागी रहेको ।
-
प्रस्तुत मुद्दामा प्रतिवादीहरुले जानी जानी बदनियतका साथ लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएको मौज्दात रकम बैङ्कको खातामा नराखी आफै चलाई मासी हिनामिना हानिनोक्सानी गरेको भन्ने देखिरहेको अवस्थामा प्रतिवादीहरुको वदनियत नदेखिएको भन्ने आधार ग्रहण गरी आरोपित कसुरवाट सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण भई वदरभागी छ ।
प्रवक्ता
नरहरि घिमिरे
Tweet