जिल्ला बारा, सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह रु. ७८,०००।- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०८१।०७।०८ गते ।
----------------------------------------------------

जिल्ला बारा, सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहले बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहलाई सेवाग्राहीबाट रु.७८,०००।- (अठहत्तर हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला बारा, कलैया उपमहानगरपालिका वडा नं. ४ को कार्यालय जाने बाटोबाट आज मिति २०८१।०७।०८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।


सहायक प्रवक्ता 
देवी प्रसाद थपलिया

 

Download Download