बाढीपहिरोबाट पिडित नागरिकहरुको लागि आयोगको तर्फबाट सहयोग।


प्रेस विज्ञप्ति:- मिति २०८१।०६।१६ गते।
------------------------------------------
२०८१ साल असोज महिनामा परेको अविरल वर्षाको कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानमा परी दिवंगत् हुनु भएका नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना एवं घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस आयोगका माननीय प्रमुख आयुक्त र आयुक्तको सात दिन(७), सचिवको पाँच (५) दिन, सहसचिव र उपसचिवस्तरका कर्मचारीहरुको तीन (३) दिन, शाखा अधिकृत वा सो सरहका कर्मचारीहको दुई (२) दिन र अन्य कर्मचारीहरुको एक (१) दिनको तलब बरबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ।


प्रवक्ता
नरहरि घिमिरे

Download Download