प्रतिवादी नयराज नेपालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८१।०६।१५ गते।
---------------------------------------------
प्रतिवादी नयराज नेपालले बदनियतपूर्वक रु.१,०८,२९,०६९/- राजस्व हिनामिना गर्ने कार्यमा प्रत्यक्ष संलग्न भई राजस्व चुहावट गरेको हुँदा भ्रष्टारचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.१,०८,२९,०६९/- (एक करोड आठ लाख उनान्तिस हजार उनान्सत्तरी मात्र।) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम कैद सजाय गरी ऐ. ऐनको दफा ७ वमोजिम हानिनोक्सानी भएको विगो रु.१,०८,२९,०६९/- (अक्षरेपि एक करोड आठ लाख उनान्तिस हजार उनान्सत्तरी) को दोव्वर जरीवाना गरी पाउन र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम विगो असूल उपर गरी जफत हुन,
प्रतिवादी तीर्थराजले बदनियतपूर्वक रु.३,३०,७९,३७३/- राजस्व हिनामिना गर्ने कार्यमा प्रत्यक्ष संलग्न भई राजस्व चुहावट गरेको हुँदा निजलाई भ्रष्टाईचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसूरमा बिगो रु.३,३०,७९,३७३/-(तीन करोड तीस लाख उनान्असी लाख तीन सय त्रिहत्तर मात्र।) कायम गरी भ्रष्टाजचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम कैद सजाय गरी ऐ.ऐनको दफा ७ वमोजिम हानिनोक्सानी भएको विगो रु. ३,३०,७९,३७३/- (अक्षरेपि तीन करोड तीस लाख उनान्असी लाख तीन सय त्रिहत्तर) को दोव्वर जरिवाना गरी पाउन र सोही ऐनको दफा दफा ३ को उपदफा (१) बमोजिम विगो असूल उपर गरी जफत हुन,
प्रतिवादी गोपाल थपलियाले बदनियतपूर्वक रु.१,३०,७२,१५३/- राजस्व हिनामिना गर्ने कार्यमा प्रत्यक्ष संलग्न भई राजस्व चुहावट गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.१,३०,७२,१५३/- (एक करोड तीस लाख बहत्तर हजार एक सय त्रिपन्न मात्र) कायम गरी भ्रष्टारचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम कैद सजाय गरी ऐ. ऐनको दफा ७ वमोजिम हानिनोक्सानी भएको विगो रु.१,३०,७२,१५३/- (अक्षरेपि एक करोड तीस लाख बहत्तर हजार एक सय त्रिपन्न) को दोव्वर जरिवाना गरी पाउन र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम विगो असूल उपर गरी जफत हुन,
प्रतिवादी भुपेन्द्र राईले बदनियतपूर्वक रु.५६,१२,५७४/- राजस्व हिनामिना गर्ने कार्यमा प्रत्यक्ष संलग्न भई राजस्व चुहावट गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.५६,१२,५७४/- (छपन्न लाख बाह्र हजार पाँचसय चौहत्तर मात्र।) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (ज) बमोजिम कैद सजाय गरी ऐ.ऐनको दफा ७ वमोजिम हानिनोक्सानी भएको विगो रु.५६,१२,५७४/-(अक्षरेपि छपन्न लाख बाह्र हजार पाँचसय चौहत्तर) को दोव्वर जरिवाना गरी पाउन र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम विगो असूल उपर गरी जफत हुन,
प्रतिवादी टिकाराम अधिकारीले बदनियतपूर्वक रु.१,२५,४८,००६/- राजस्व हिनामिना गर्ने कार्यमा प्रत्यक्ष संलग्न भई राजस्व चुहावट गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.१,२५,४८,००६/- (एक करोड पच्चीस लाख अठचालिस हजार छ रुपैयाँ मात्र।) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम कैद सजाय गरी ऐ.ऐनको दफा ७ वमोजिम हानिनोक्सानी भएको विगो रु.१,२५,४८,००६/- (अक्षरेपि एक करोड पच्चीस लाख अठचालिस हजार छ) को दोव्वर जरिवान गरी ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम विगो असूल उपर गरी जफत हुन,
प्रतिवादी सुरेश अधिकारीले बदनियतपूर्वक रु.३,७२,४४,७५५/- राजस्व हिनामिना गर्ने कार्यमा प्रत्यक्ष संलग्न भई राजस्व चुहावट गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.३,७२,४४,७५५/- (तीन करोड बहत्तर लाख चौवालिस हजार सात सय पचपन्न मात्र।) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम सजाय गरी ऐ.ऐनको दफा ७ वमोजिम हानिनोक्सानी भएको विगो रु.३,७२,४४,७५५/- (अक्षरेपि तीन करोड बहत्तर लाख चौवालिस हजार सात सय पचपन्न) को दोव्वर जरिवाना हुन तथा ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिम विगो असूल उपर गरी जफत हुन,
प्रतिवादी रुद्र प्रसाद दाहालले बदनियतपूर्वक रु.३,४८,९३,२१६/- राजस्व हिनामिना/चुहावट गर्ने कार्यमा प्रत्यक्ष संलग्न भई राजस्व चुहावट गरेको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.३,४८,९३,२१६/-(तीन करोड अठ्चालिस लाख त्रियानव्वे हजार दुइसय सोह्र मात्र।) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम सजाय गरी ऐ.ऐनको दफा ७ वमोजिम हानिनोक्सानी भएको विगो रु. ३,४८,९३,२१६/- (अक्षरेपि तीन करोड अठ्चालिस लाख त्रियानव्वे हजार दुइसय सोह्र) को दोव्वर जरिवाना गरी पाउन तथा ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिम विगो असूल उपर गरी जफत हुन,
प्रतिवादी अर्जुन भट्टराईले बदनियतपूर्वक रु.२,१७,३२,४७३/- राजस्व हिनामिना गर्ने कार्यमा प्रत्यक्ष संलग्न भई राजस्व चुहावट गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु. २,१७,३२,४७३/- (दुइ करोड सत्र लाख बत्तिस हजार चार सय त्रिहत्तर मात्र।) कायम गरी भ्रष्टारचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम सजाय गरी ऐ.ऐनको दफा ७ वमोजिम हानिनोक्सानी भएको विगो रु.२,१७,३२,४७३/- (अक्षरेपि दुइ करोड सत्र लाख बत्तिस हजार चार सय त्रिहत्तर) को दोव्वर जरिवाना हुन तथा ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिम विगो असूल उपर गरी जफत हुन,
प्रतिवादी कृष्ण प्रसाद कट्टेलले बदनियतपूर्वक रु.७३,६२,४५५/- राजस्व हिनामिना गर्ने कार्यमा प्रत्यक्ष संलग्न भई राजस्व चुहावट गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निज कृष्ण प्रसाद कट्टेललाई बिगो रु.७३,६२,४५५/- (त्रिहत्तर लाख बैसठ्ठी हजार चार सय पचपन्न मात्र।) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (ज) बमोजिम सजाय गरी ऐ.ऐनको दफा ७ वमोजिम हानिनोक्सानी भएको विगो रु.७३,६२,४५५/- (अक्षरेपि त्रिहत्तर लाख बैसठ्ठी हजार चार सय पचपन्न) को दोव्वर जरिवाना हुन तथा ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिम विगो असूल उपर गरी जफत हुन,
प्रतिवादी सुजन राईले बदनियतपूर्वक रु.२२,४४,३३६/- राजस्व हिनामिना गर्ने कार्यमा प्रत्यक्ष संलग्न भई राजस्व चुहावट गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.२२,४४,३३६/- (अक्षरेपि बाइस लाख चौवालिस हजार तीनसय छत्तिस मात्र।) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (च) बमोजिम सजाय गरी ऐ.ऐनको दफा ७ वमोजिम हानिनोक्सानी भएको विगो रु.२२,४४,३३६/- (अक्षरेपि बाइस लाख चौवालिस हजार तीनसय छत्तिस) को दोव्वर जरिवाना हुन तथा ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिम विगो असूल उपर गरी जफत हुन,
प्रतिवादी राकेश रोशन मस्राङ्गी मगर, रमेश पौडेल, भूमिराज अधिकारी र हरिमदन ढुङ्गेलले आफूहरुलाई गैरकानूनी लाभ पुर्याउने बदनियतले कार्यालयका कर्मचारीहरुसँग मिलेमतो गरी नेपाल सरकारबाट निर्धारण गरिएका शर्तहरुको पालना नगरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) मा परिभाषित कसूर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निज प्रतिवादीहरुलाई न्यून दाखिला भएको राजस्व रकम रु. ५,९४,९८,९३१/-(अक्षरेपि पाँच करोड चौरानव्वे लाख अन्ठानव्वे हजार नौसय एकतिस मात्र) बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी हानि नोक्सानी भएको विगो रु.५,९४,९८,९३१/- (पाँच करोड चौरानव्वे लाख अन्ठानव्वे हजार नौसय एकतिस मात्र) भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम असूल उपर गरी जफत हुन,
प्रतिवादी दिपेन्द्र कुमार मण्डल, मैया कुमारी चापागाई र रविन कुमार विश्वासले आफूहरुलाई गैरकानूनी लाभ पुर्याउने बदनियतले कार्यालयका कर्मचारीहरुसँग मिलेमतो गरी नेपाल सरकारबाट निर्धारण गरीएका शर्तहरुको पालना नगरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) मा परिभाषित कसूर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निज प्रतिवादीहरुलाई न्यून दाखिला भएको राजस्व रकम क्रमश: रु.१,४६,५२६/- रु.२२,४४,३३६ र रु. ४५,४६१/- बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी हानि नोक्सानी भएको विगो रु.४५,४६१/-(अक्षरेपि पैंतालिस हजार चार सय एकसठी मात्र) भ्रष्टारचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम असूल उपर गरी जफत हुन,
मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।१०।२३ को फैसलाबाट निम्न आधारमा सफाई दिएको:
क.) कर लगायतका शुल्क वैंकमा जम्मा गरी पेश गरेको भौचरको आधारमा रसिद काट्ने गरिएको भन्ने म.ले.प. को प्रतिवेदनबाट उल्लेख भएबाट यातायात व्यवस्था कार्यालयका कर्मचारीले नगद राजश्व लिने नभई बैंक भौचरको आधारमा लेखा राख्ने गरेको भन्ने तथ्य पुष्टि भएकोले नगद रकम नै बुझिलिन नपर्ने पद्दतिबाट राजश्व संकलन गरी राजश्वको हिसाब किताब मात्र अध्यावधिक गर्ने भएबाट सो कार्यालयमा कार्यरत कर्मचारीले राजश्व हिनामिना गरेको भनी आरोपित गर्नु न्यायसंगत हुन नआएको,
ख.) मिसिल संलग्न कागजातहरुबाट Revenue Information management System (RIMS) मा दाखिला भएको रकम र बैंकमा दाखिला भएको रकम फरक परेको नदेखिएको,
ग.) Vehicle Registration System(VRS) बाट जारी रसिदमा त्रुटिबस दोहोरो पर्न गई बैंक भौचरको रकमसँग फरक पर्न सक्ने अबस्था देखिएको, सो सम्बन्धमा यातायात व्यवस्था कार्यालय, कोशी इटहरीले विभिन्न मितिको VRS रसिद रद्द गर्नको लागि सम्बन्धित विभागमा लेखि पठाएको समेत मिसिलबाट देखिएको,
घ.) VRS प्रणालीबाट मूलत: राजश्व असूली हुने नभई असूली भैसकेको राजस्व बैंक भौचरको आधारमा रसिद जारी गर्ने र दर्ता भएको सवारी साधनको विवरण प्रविष्ट गरीने भएको हुँदा VRS अनुसारको रकम र बैंकमा दाखिला भएको रकम फरक पर्न गएको आधारमा उठाएको राजस्व कानून बमोजिम दाखिला नगरी हिनामिना गरेको भन्ने आरोपदावी प्रमाणबाट पुष्टि हुन नआएको,
लगायतका आधारमा प्रतिवादीले आरोपीत कसुरबाट सफाई पाउने भनी सफाई दिएकोमा आयोगबाट देहायका आधारहरु लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०६।१५ मा पुनरावेदन गरिएको छ।
देहाय:
क.) यातायात व्यवस्था कार्यालय (सवारी),कोशीमा आ.व. ०७३/०७४ को बाँकी अवधिमा आयोगको अनुसन्धान बाट रु. ६,५४,००,७९२।५० राजस्व अझ नपुग देखिएको।VRS प्रणालीबाट देखाईएको कूल आम्दानी रकममा आयकर वापतको रकम पनि समावेश हुने तर बैंक दाखिला विवरणमा आयकर रकम समावेश नहुने भएकाले आयकर वापतको रकम रु.१,४२,२१,२६४।-घटाउँदा रु.५,११,७९,५२८।५० बाँकी देखिन आएको छ।सो मध्ये रद्ध गर्न बाँकी रसिदको रकम रु.१,८४,६०,५३१/- घटाउँदा नपुग हुने रु.३,२७,१८,९९१/५० बाँकी रकम हिनामिना नै भएकोले सो रकम असुली गर्ने तर्फ आवश्यक कारवाही हुनुपर्ने भन्ने समेत व्यहोराको यातायात व्यवस्था कार्यालय (सवारी), कोशीको पत्रबाट देखिदा निज प्रतिवादीहरुले राजस्व हिनामिना गरेको पुष्टि भई रहेकोमा प्रमाणको विवेचना नगरी प्रतिवादीहरुलाई सफाई दिने गरी विशेष अदालतबाट भएको फैसला त्रुटिपूर्ण भै बदरभागी रहेको,
ख.) यातायात व्यवस्था कार्यालय कोशीका सेवाग्राहीहरुले दाखिला गर्नुपर्ने राजस्व वापतका रकमहरु ग्लोवल आइएमइ बैंक लिमिटेडको शाखा कार्यालय इटहरी र नेपाल बैंक लिमिटेडको शाखा कार्यालय इटहरीमा जम्मा गर्ने गराउने गरेकोमा सो बैंकमा रकम जम्मा भएको बैंक भौचरका आधारमा मात्र VRS बाट रसिद जारी हुने र सेवाग्राहीलाई सोही बमोजिमको सेवा प्रदान गरिने हुंदा बैंकमा जम्मा भएको राजस्व रकम र VRS बाट जारी हुने रसिदको रकम फरक हुन नहुने संलग्न यातायात व्यवस्था कार्यालयको पत्र समेतका कागजातबाट स्पष्ट देखिन आएकोमा प्रस्तुत मुद्दामा बैंकमा जम्मा भएको राजस्व रकम र VRS बाट जारी हुने रसिदको रकम फरक देखिदा निज प्रतिवादीहरुको मिलेमतोमा सेवाग्राहीबाट रकम लिई बैक दाखिला नगरी VRS बाट जारी हुने रसिद मात्र जारी हुन सक्ने कार्यलाई इन्कार गर्न सकिने अवस्था नरहेकोले बैंक जम्मा भएको रकम VRS बाट जारी हुने रसिदको रकम फरक परी सरकारी राजस्व हिनामिना भएको तथ्यलाई नजरअन्दाज गरी मिसिल संलग्न सबूद प्रमाणहरुको विश्लेषण र विवेचना नगरी विशेष अदालतबाट भएको फैसला फैसला त्रुटिपूर्ण हुँदा बदरभागी रहेको।
ग.) यातायात व्यवस्था कार्यालय कोशीको पत्रबाट आ.ब. २०७३/०७४ को चैत्र र वैशाख महिनाको राजस्वको मास्केवारी (म.ले.प.फा.नं.-९) कार्यालयमा फेला नपरेको भनी २०७४ जेठ र आषाढ गरी २ महिनाको मात्र मास्केवारी प्राप्त हुन आएको।सोही कार्यालयको मिति २०७६/१०/०९ को पत्रबाट आ.ब. २०७३/०७४ को २०७३ चैत्र १ गते देखि २०७४ आषाढ मसान्तसम्मको नगदि रसिद केहि दिनको मात्र भेटिएको तथा फोटोकपि गर्दा नबुझिने अवस्थामा रहेको भन्ने समेत व्यहोराको पत्र समेतबाट प्रतिवादीहरुले वारदात मितिको विलभरपाईहरु नास गरेको देखिदा निज प्रतिवादीहरुले बदनियतपूर्वक राजस्व हिनामिना गरेको भन्ने स्पष्ट भएकोमा भ्रष्टाचार जस्तो गम्भीर कसूरमा प्रतिवादीहरुले आफ्ना विरुद्ध प्रमाण लाग्ने प्रमाण योग्य कागजातहरु लोप गर्न सक्ने नास गराउन सक्ने अबस्था विचारणीय हुँदाहुदै वास्तविक यथार्थतालाई नजरअन्दाज गरी प्रतिवादीहरुलाई सफाई दिने गरी विशेष अदालतबाट भएको फैसला त्रुटिपूर्ण देखिदा बदरभागी रहेको।
घ.) प्रतिवादी अर्जुन भट्टराईले अनुसन्धानको क्रममा वयान गर्दा मैले दिन भरीको हिसाब रिम्सबाट प्रतिवेदन निकालेर VRS भिडाउन खोज्दा VRS का कर्मचारीले दिएको दिनभरीको रिपोर्ट फरक परेको देखिसकेपछि मैले हिसाब मिलाउन सक्दिन भनि हिसाब नमिलेपछि मासिक फाँटवारी ९ नं.बनाउन नसकी गलत प्रतिवेदन गरेमा मेरो कार्य सम्पादन र पदीय आचरणमा प्रश्न उठ्न सक्ने अबस्था आउने भनी मासिक प्रतिवेदन नबनाएको भन्ने वेहोरा उल्लेख गरे समेतबाट सो कार्यालयको RIMS र बैक दाखिला रकम मिलेभिडेको अवस्था नरहेको प्रष्ट भएको।स्रेस्ता नमिल्नुको कारण स्पष्ट नहुनुले प्रतिवादीहरुको मिलेमतोमा राजस्व हिनामिना गरेको स्पष्ट हुँदा हुँदै बैंक र RIMS मिलेको भनी गलत आधार ग्रहण गरी प्रतिवादीहरुलाई सफाई दिने गरी विशेष अदालतबाट भएको फैसला त्रुटीपूर्ण देखिदा बदरभागी रहेको।
ङ) प्रतिवादीहरुले मौकामा र अदालतमा VRS प्रणालीमा देखिएको रकम र बैंक दाखिला रकम मेल खानुपर्ने भनी गरेको बयान, भिआरएस प्रणालीमा देखिएको रकम र वैक दाखिला रकम मिल्नुपर्ने भन्ने वादीका साक्षीहरुको वकपत्र, VRS प्रणालीबाट संकलित राजश्व रकम अनुसार राजश्च रकम बैंक दाखिला नभएको दैनिकी अभिलेखबाट देखिएको तथा महालेखा परीक्षकको तत् समयको लेखा परीक्षण प्रतिवेदन समेतबाट भिआरएस प्रणालीमा संकलित राजश्व रकम अनुसार बैंक दाखिला नभएको भनी उल्लेख भए समेतका प्रमाणहरुबाट प्रतिवादीहरुले आरोपदावी बमोजिमको विगो सरकारी राजश्व रकम बैंक दाखिला नगरी हिनामिना गरी भ्रष्टाचार जन्य कसूर गरेको भन्ने मिसिल संलग्न तथ्य प्रमाणहरुले पुष्टि भईरहेकोमा मिसिल संलग्न तथ्य प्रमाणहरुको मूल्याङ्कन नगरी प्रतिवादीहरुलाई सफाई दिने गरी भएको उक्त फैसला त्रुटिपूर्ण भै बदरभागी रहेको।
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया
Download Download
Tweet