जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाई घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८१।०६।१४ गते।
----------------------------------------------------


जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिकामा कार्यरत अमिन (करार) ईश्वर चन्द्र चौलागाईले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज अमिन ईश्वर चन्द्र चौलागाईलाई सेवाग्राहीबाट रु.२०,०००।-(बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको रु.३४,०००।– (चौतीस हजार रुपैयाँ) सहित जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका वडा नं. ६ धर्मस्थलीबाट आज मिति २०८१।०६।१४ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Download Download