प्रतिवादीहरु नेत्र प्रसाद घिमिरे, मोहम्मद नुरुल हुसेन खाँसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०६।१४ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटः-
प्रतिवादी नेत्र प्रसाद घिमिरे र मोहम्मद नुरुल हुसेन खाँ उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) र (ख) बमोजिमको कसूरमा बिगो रु.४३,७०,०००।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले उल्लेख गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद सजाय गरी उक्त ऐनको दफा ७ मा उल्लेख भए बमोजिम चुहावट भएको राजश्व रकमको दोब्बर जरिबाना हुन, 
प्रतिवादीहरू कमलेश प्रसाद बर्मा (कोहार), जय प्रकाश लाल श्रीवास्तव, अशोक कुमार दुबे, निरज श्रीवास्तव भन्ने जीवन श्रीवास्तव र संदीप तिवारी भन्ने संदीप कुमार त्रिपाठी उपर घटी राजश्व निर्धारण गरी राजश्व चुहावट गर्ने कार्यमा मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसूर गरेकोले निजहरू उपर बिगो रु.४३,७०,०००।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य प्रतिवादीहरू नेत्र प्रसाद घिमिरे र मोहम्मद नुरुल हुसेन खाँ सरह भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) र (ख) को कसूरमा उक्त ऐनको दफा ७ ले उल्लेख गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद सजाय गरी उक्त ऐनको दफा ७ मा उल्लेख भए बमोजिम चुहावट भएको राजश्व रकमको दोब्बर जरिवाना हुन,
मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।११।१४ को फैसलाबाट निम्न आधारमा सफाई दिएको-: 
• बोलपत्र मूल्याङ्कन समितिले बोलपत्र परिवर्तन गरेको भन्ने दाबी यथार्थपरक देखिन नआएको।
• प्रतिवादीहरूको कार्य गर्ने तौर तरिका अस्वाभाविक एवं कानून विपरीत रहेको नदेखिएको तथा निजहरूले अनुचित लाभको लोभमा परी कार्य गरेको पनि नदेखिएको। 
• प्रतिवादीहरूले राजस्व चुहावटमा एकआपसमा मिलोमतो गरेको भन्ने नदेखिएको।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०६।१४ मा पुनरावेदन गरिएको छः-
देहाय:
• आ.व. ०७६/०७७ मा भएको सिपवा घाट वालुवा उत्खनन्, संकलन तथा बिक्री को ठेक्का ए.आर.के. निर्माण सेवालाई प्राप्त गराउन नविन निर्माण सेवा, ए.आर.के. निर्माण सेवा र दुबे जी निर्माण सेवाको प्रोप्राईटर समेतको मिलेमतोमा उक्त तीनवटै निर्माण सेवाको BOQ नविन निर्माण सेवा र ए.आर.के. निर्माण सेवाको अधिकार प्राप्त प्रतिनिधि नभएको उक्त निर्माण सेवा चलाउँदै आएको भनिएका निरज श्रीवास्तव भन्ने जीवन श्रीवास्तवले आफूले भरी पेश गरी/गराई उक्त निर्माण सेवाको BOQ मा लेखिएका हस्तलिखित अङ्क र अक्षर आँखाले हेरी एउटै व्यक्तिले लेखेको छुट्याउन सकिने अवस्थामा पनि बोलपत्र मूल्याङ्कन समितिले परीक्षण नगरी बोलपत्र पेश गरेको अन्तिम दिन दर्ता भएको सबभन्दा बढी रु.१ करोड कबोल अङ्क रहेको अर्याल निर्माण सेवाको BOQ बोलपत्र प्रतिवादीहरुको मिलेमतोमा सोही दिन बोलपत्र खोल्नुभन्दा करिब एक घण्टा अगाडिको अवधिमा परिवर्तन गराई, अर्याल निर्माण सेवाको बोलपत्रलाई अयोग्य ठहर गरी रु.५६,३०,०००।-कबोल अङ्क रहेको ए.आर.के. निर्माण सेवालाई ठेक्का दिई रु.४३,७०,०००।- घटी राजश्व निर्धारण गरी राजश्व चुहावट गरेको तथ्य मिसिल संलग्न उजुरी, उक्त बोलपत्र आव्हानको सूचना, दर्ता हुन आएका बोलपत्रहरू, बोलपत्र दर्ता रजिष्टर, बोलपत्र खोलिएको मुचुल्का, बोलपत्र मूल्याङ्कन समितिको विभिन्न मितिका निर्णयहरू, बोलपत्र स्वीकृत गर्ने आशयको सूचना, Letter of Acceptance, बैङ्कको नगद/चेक जम्मा भौचर र राजश्व दाखिला फाराम, ठेक्का कबुलियतनामा, पट्टापत्र, प्रतिवादीहरूको बयान तथा ततिम्बा बयान, नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाको परिक्षण प्रतिवेदनहरू तथा विशेषज्ञको बकपत्र, बुझिएका उमाशंकर यादब समेतको बकपत्र समेतबाट पुष्टि भै प्रतिवादीहरु आरोपदाबी बमोजिमको कसूरदार रहेको तथ्य पुष्टि भएको।
• सार्वजनिक बोलपत्र दर्ता रजिष्टरबाट अर्याल निर्माण सेवाको बोलपत्र संदीप त्रिपाठी, दुबे जी निर्माण सेवाको बोलपत्र अनिल कुमार माझी र ए.आर.के. निर्माण सेवाको बोलपत्र जीवन श्रीवास्तवले दर्ता गराएको भन्ने देखिएको, बोलपत्र खोलिएको मुचुल्का उपस्थिति समेतबाट अनिल कुमार माझी, जीवन श्रीवास्तव र अल्ताफ हुसेन ठेकेदार प्रतिनिधिको रुपमा उपस्थिति भई मुचुल्का खोल्ने प्रक्रियामा संलग्न भएको भन्ने देखिएपनि निजहरू संदीप तिवारी, अनिल कुमार माझी, जिवन श्रीवास्तव र अल्ताफ हुसेन कोही पनि अर्याल निर्माण सेवा, नविन निर्माण सेवा, दुबे जी निर्माण सेवा र ए.आर.के. निर्माण सेवाको अधिकार प्राप्त प्रतिनिधि वा अख्तियारवाला भएको मिसिल संलग्न कागजातहरूबाट नदेखिएको तथ्यलाई सम्बन्धित फर्म धनीको बयान समेतले समर्थित गरे समेतबाट सो बोलपत्रका क्रममा अख्तियारनामा वा आधिकारीक परिचयपत्र समेत नहेरी मिलेमतोमै जो कोहीले जो कोहीको नाममा टेन्डर फाराम लिने र भर्ने गरेको देखिएको।  
• प्रतिवादी जीवन श्रीवास्तवले आफ्नो बयानमा बोलपत्र पेश गर्ने ठेकेदारहरूबीच बोलपत्र भर्दा मिलाएर भरी पेश गर्ने र ठेक्का ए.आर.के. निर्माण सेवाको नाममा पारी ठेक्कामा सबै मिली लगानी गरी नाफा पनि सोही बमोजिम लिने गरी सल्लाह गरी ए.आर.के.निर्माण सेवाको बोलपत्र स्वीकृत गर्न आफूमा मिलेमतो गराई नविन निर्माण सेवा, दुबे जी निर्माण सेवा र ए.आर.के. निर्माण सेवाको बोलपत्र आफूले भरी पेश गरेको भन्ने व्यहोरा खुलाई दिएकोले घटी राजश्व निर्धारण गरी राजश्व चुहावट गरेको तथ्य पुष्टि भएको।
• प्रतिवादी निरज श्रीवास्तव भन्ने जीवन श्रीवास्तवले उक्त ठेक्काको टेण्डर भर्ने क्रममा सबै टेण्डर मैले नै भरेको हुनाले मिलेमतो देखिएको हो, ठेक्का सम्झौता भएपछि सबै शेयरमा बसेर कारोबार गर्ने भनेका थियौँ, उक्त बोलपत्र पेश गर्ने ठेकेदारहरूबीच बोलपत्र भर्दा मिलाएर भरी पेश गर्ने, ठेक्का ए.आर.के. निर्माण सेवाको नाममा पार्ने र उक्त ठेक्कामा सबै मिली लगानी गरी नाफा पनि सोही बमोजिम लिने सल्लाह गरी बोलपत्र पेश गरिएको हो, बोलपत्रहरू एकै समयमा मिलेर हालेको हो भनी मौकाको बयानमा उल्लेख गरी अदालतमा समेत आफूले चारवटै फर्मको फाराम खरीद गरी दर्ता रजिष्टर र खाममा हस्ताक्षर गरेको। प्रतिवादी सुनिल कुमार शुक्लाले आफूले सो बोलपत्र दर्ता नगराई टेबलमा छाडेर आएको भनी उल्लेख गरी अदालतमा बयान गरेको,  प्रतिवादी नेत्र प्रसाद घिमिरेले मौकामा अर्याल निर्माण सेवाको बोलपत्रको दस्तखत, छाप, हस्तलिखित अङ्क र अक्षर एक भन्दा बढी व्यक्तिले लेखेको तथ्य स्वीकरी मूल्याङ्कन समितिले नविन निर्माण सेवा, दुबे जी निर्माण सेवा र ए.आर.के. निर्माण सेवाको बोलपत्रको अक्षर र अङ्क एउटै व्यक्तिको भएको र मिलेमतो गरेको भन्ने अनुमान गर्न नसकिएकोले ठेक्का प्रक्रिया अगाडि बढाईएको दाबी विरोध नगरिएकोले आपसमा ठेकेदारहरूको मिलेमतो हुन सक्छ भन्ने समेतको व्यहोरा उल्लेख गरी समग्र प्रक्रियामा आफू समेत संवेदनशील नभएको र प्रक्रिया समेत त्रुटिपूर्ण रहेकामा साबित रही बयान गरेबाट घटी राजश्व निर्धारण गरी राजश्व चुहावट गरी भ्रष्टाचारजन्य कसूर गरेको तथ्य पुष्टि भएको अवस्थामा राजस्व चुहावटमा एकआपसमा मिलोमतो गरेको नदेखिएको भनी कसूरबाट उन्मुक्ति दिनेगरी भएको फैसला त्रुटिपूर्ण रही बदरभागी रहेको।
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Download Download
  

Other Press Release

प्रतिवादीहरु टकदत्त प्याकुरेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी पद्म विनोद पोखरेल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी नगरप्रमुख धर्मेन्द्र प्रसाद पटेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी शिवराज सेढाईसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी शिवराज सेढाई र ओमशङ्कर प्रसाद रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी नयराज नेपालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01