प्रतिवादीहरु राजकुमार श्रीवास्तव, पाण्डवप्रसाद देवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०६।१३ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटः-
प्रतिवादीहरु राजकुमार श्रीवास्तव र पाण्डवप्रसाद देवलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (८) को उपदफा (१) को खण्ड(ग) बमोजिम कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगो रु.९६,६४,२९६.६३ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन र ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगो निजहरुबाट असुल उपर हुन,
प्रतिवादीहरु ङबाङ क्षोदेन शेर्पा (एन.सी.शेर्पा), बैकुण्ठ प्रसाद भण्डारी र शिवजी सापकोटालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुरमा निर्माण सेवाका जे.भी. पार्टनरहरु ङबाङ क्षोदेन शेर्पा(एन.सी.शेर्पा), बैकुण्ठ प्रसाद भण्डारी र शिवजी सापकोटालार्इ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम रु.९६,६४,२९६.६३  बिगो कायम गरी सजाय हुन र ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम उक्त बिगो असुल उपर गरी जफत हुन
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा
विशेष अदालतको मिति २०८०/०९/२५ को फैसलाबाट निम्न आधारमा सफाई दिएको:-
• प्रतिवादीहरुले मौका देखि अदालतमा बयान गर्दा प्रयोग भएको ग्यावियन तारको स्ट्याण्डर स्पेशिफिकेशन बमोजिम quality, quantity मा काम गरेको भनी आरोपित कसुरमा इन्कार रही वयान गरेको।
• प्रतिवादीहरुले बदनियतका साथ नै काम गरेको हुन भनी बस्तुनिष्ठ प्रमाणबाट पुष्टि गर्न सकेको नदेखिएको।
 
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०६।१३ मा पुनरावेदन गरिएको छः-
देहाय:
• बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना, परमानीपुर, बारा लालबकैया नदीमा निर्माण भएको ठेक्का नं. I-N/LBK-II/L-EMB/P-५३/२०११-१२ को ठेक्काको स्वीकृत स्पेशिफिकेशन तथा नेपाल गुणस्तर (Nepal Standard) NS १६३-२०४५ र NS १६९-२०४५ बमोजिम  ग्यावियन तारको न्यूनतम Diameter ३.२५±०.०५mm, Tensile strength ३००-५५० Nm/mm२, Elongation १२% and Mass of zinc coating १३५ gm/sqm(५% less for fabricated object) हुनु पर्नेमा गुणस्तर तथा नाप तौल विभागबाट प्राप्त परीक्षण प्रतिवेदनमा तोकिएको भन्दा कम गुणस्तरको देखिरहेको अवस्थामा उक्त प्रतिवेदन अन्देखा गरी केवल इन्कारी वयानलाई आधार मानी अभियोग मागदावीवाट नै सफाई दिने गरी भएको फैसला त्रुर्टिपूर्ण भई वदरभागी रहेको।
• नेपाल गुणस्तर तथा नापतौल विभागकोको पत्र साथ संलग्न Mass of Zinc Coating  को Observed Value ३१ gm/sqm तथा Elongation percent, in को  Observed Value ७% उल्लेख भर्इ Remarks मा Fail उल्लेख भर्इ आएको टेष्ट रिपोर्ट समेतलाई अन्देखा गरी भएको फैसला त्रुर्टिपुर्ण भई बदरभागी रहेको।
• हारतीमाता सप्लायर्सले प्रिमियम वायर्स प्रा.लि. विराटनगरबाट खरीद गरेको जी.आर्इ.वायर १० गेज (कमर्सियल) भएको देखिएको तर उक्त खरीद गरेको १० गेज (कमर्सियल) ग्यावियन तार स्वीकृत स्पेशिफिकेशन अनुसार मेडियम कोटेडको नभर्इ प्राविधिक रुपमा कम गुणस्तरीय भएको र अर्कै कम्पनीबाट उत्पादित तारको गुणस्तर परीक्षण प्रतिवेदन पेश गरेको देखिनुले उक्त आयोजनामा जानी जानी गुणस्तरहिन ग्यावियन तार प्रयोग भएको पुष्टि भईरहेको अवस्थामा प्रतिवादीहरुको वदनियत नदेखिएको भन्ने आधार ग्रहण गरी आरोपित कसूरवाट सफाई दिने गरी भएको फैसला त्रुर्टिपूर्ण भई वदरभागी रहेको।
• प्रतिवादीहरुको बदनियत भन्ने शब्दले कुनै काम गर्दा पछाडिको नराम्रो उद्देश्य वा गलत मनसायलाई बुझाउँछ। यसको अर्थ कुनै काम गर्दा सतही रूपमा देखिने कुराभन्दा फरक, लुकेको र हानिकारक उद्देश्य हुनुपर्ने र यसमा कुनै कामलाई क्षति पुर्र्याउने मनसाय, अरूलाई ठग्ने वा फाइदा लिन खोज्ने मनसाय कानुन विपरीतको काम गर्ने मनसाय रहे भएको भन्ने अवस्थालाई वुझाउँछ प्रस्तुत मुद्दामा प्रतिवादीहरुले जानी जानी बदनियतका साथ निर्माण कार्यमा गुणस्तरहिन ग्यावियन तार प्रयोग भएको भन्ने देखिरहेको अवस्थामा सो प्रमाणको मूल्याङ्कन नगरी प्रतिवादीहरुलाई आरोपित कसूरवाट सफाई दिने गरी भएको फैसला त्रुर्टिपूर्ण रहेको।
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Download Download
  

Other Press Release

प्रतिवादीहरु टकदत्त प्याकुरेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी पद्म विनोद पोखरेल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी नगरप्रमुख धर्मेन्द्र प्रसाद पटेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी शिवराज सेढाईसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी शिवराज सेढाई र ओमशङ्कर प्रसाद रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी नयराज नेपालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01