प्रतिवादी विनोद कुमार पौडेल रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०६।०२ गते ।
---------------------------------------------
 
प्रतिवादी प्रतिवादी विनोद कुमार पौडेलले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसूर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीलाई बिगो रु.७२,०००।-(बहत्तर हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) वमोजिम सजाय हुन मागदावी लिई  विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०80।१०।०५ को फैसलाबाट सफाई दिएको-: 
• प्रतिवादीको साथबाट बरामद भएको रकम उजुरकर्ताले राम विनोद लामिछानेलाई दिनको लागि आफूलाई दिएको भनी अदालतमा वयान गरेको र सो वयानलाई समर्थित हुने गरी राम विनोद लामिछानेले अदालत समक्ष वकपत्र गरको।उजुरकर्ताले वकपत्रमा बरामद रकम प्रतिवादीले रिसवत वापत लिएको नभई उजुरकर्ताले राम विनोद लामिछानेलाई दिन भनी आफूलाई दिएको भन्ने प्रतिवादीको जिकिर समर्थन भएको,
• प्रतिवादीले उजुरकर्तासँग रिसवत माग गरेको टेलिफोन संवाद नभएको, उजुरी निवेदन र उजुरकर्ताको वकपत्रको आधारमा मात्र प्रतिवादीले रिसवत माग गरेको मान्न नमिल्ने,
• उजुरी निवेदन पर्नु भन्दा अघिनै पहिलो रनिङ्ग विल वापतको रकम भुक्तानी भएको अवस्थामा पहिलो रनिङ्ग विलको भुक्तानी वापत प्रतिवादीले उजुरकर्तासँग रिसवत माग गर्नु पर्ने प्रयोजन नदेखिएको,
बिशेष अदालतको उक्त फैसलाउपर चित्त नबुझी आयोगबाट देहायका आधारहरु लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०६।०२ मा पुनरावेदन गरिएको छ।
देहाय:
क. अनुसन्धानको क्रममा कहि कतै राम विनोद लामिछानेको नाम यी प्रतिवादीले उल्लेख नगरेको।केवल सजायबाट उन्मुक्ती पाउने उद्देश्यले मात्र अदालत समक्षको वयानका क्रममा प्रतिवादीले उक्त बरामदीत रकम उजुरकर्ताबाट रिसवत लिएको नभई उजुरकर्ताले राम विनोद लामिछानेलाई दिनको लागि आफूलाई दिएको भन्ने उल्लेख गरेको। उक्त कुरा निज प्रतिवादीकै साक्षी समेत रहेका राम विनोद लामिछानेले बकपत्रमा समर्थन गर्नु कुनै नौलो तथा आश्चर्यको कुरा नभएको।मिसिल संलग्न सवुद प्रमाण र तथ्यबाट यस्तो अवस्था स्थिति देखिदा देखिदै बनावटी कुरा गरी प्रतिवादीले अदालतमा वयान गर्ने र निजका साक्षीले सफेद झुठको वकपत्र गरेको विषयलाई प्रमाणको स्थान दिई भएको फैसला त्रुटीपूर्ण रहेको।
क. उजुरकर्ताको उजुरी निवेदन, प्रवेश मुचुल्का, खानतलासी बरामदी मुचुल्का, होटलको सि.सि.टि.भी फुटेज, निज प्रतिवादीले उजुरकर्तासँग घुस/रिसवत माग गर्दा रेकर्ड भएको वार्तालापको अडियो र निज उजुरकर्ताले निवेदनमा उल्लेख गरे बमोजिमकै नम्वर भएको नगद निज प्रतिवादीको साथबाट बरामद भएको अवस्था र निज उजुरकर्ता लगायत वादी पक्षका साक्षीहरुले अदालत समक्ष गरेको वकपत्रमा उल्लेख गरेको व्यहोराको कुनै मूल्यांकन नगरी केवल प्रतिवादीले अदालतमा गरेको वयान र प्रतिवादीको साक्षीले प्रतिवादीसंग मिलेमतो गरी गरेको वनावटी वकपत्रको मात्र आधार ग्रहण गरी प्रतिवादीलाई सफाई दिने उद्देश्य राखी प्रमाणको गैर न्यायिक व्याख्या गरी एकतर्फी रुपमा गरिएको फैसला कानूनको रोहमा त्रुटीपूर्ण रहेको। 
ख. प्रतिवादीले विल भरपाई पास गर्दा घुस/रिसवत ३% कार्यालयलाई १% आफू साईट ईन्जिनियरलाई चाहिन्छ भनेको। निज विनोद कुमार पौडेलले घुस रकम रु.७२,०००।- पहिलो रनिङ विल वापत मागेको हो” भन्ने व्यहोराले उक्त बरामदीत रकम रु.७२,०००।-पहिलो रनिङ विल वापतको प्रतिवादीले उजुरकर्तासँग माग गरिएको घुस/रिसवत वापतको रकम हो भन्ने स्पष्ट खुलेको र सोही व्यहोरा उजुरकर्ताले अदालत समक्षको वकपत्रमा समेत उल्लेख गरेक।केबल प्रतिवादीलाई सजायबाट उन्मुक्ति दिलाउने एक मात्र अभिप्राय राखी उजुरी निवेदन पर्नु भन्दा अघिनै पहिलो रनिङ्ग विल वापतको रकम भुक्तानी भएको अवस्थामा पहिलो रनिङ्ग विलको भुक्तानी वापत प्रतिवादीले उजुरकर्तासँग रिसवत माग गर्नु पर्ने प्रयोजन नदेखिएको भन्ने आधार ग्रहण गरी भएको उक्त फैसला त्रुटिपूर्ण हुँदा वदरभागी रहेको।
 
 
                                                                       प्रवक्ता
                                                                     नरहरि घिमिरे
 
 

Download Download
  

Other Press Release

प्रतिवादीहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादीहरु बुद्धिसागर थापा, टिका प्रसाद दुलालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादी ज्ञानेन्द्र गिरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/25
प्रतिवादीहरु शिव कुमार साह र विकाश झा रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विकाश झासमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विनोद कुमार पौडेल रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18