जिल्ला दार्चुला, शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामी नगद रु.४,१२,०००।- घुस रकम र रु.५०,६०,०००।– को चेकसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८१।०३।३१ गते।
----------------------------------------------------

जिल्ला दार्चुला, शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज मोहन सिंह धामी र अशोक सिंह धामीलाई सेवाग्राहीबाट नगद रु.४,१२,०००।–(चार लाख बाह्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र निजहरुको साथबाट रु.४५,६०,०००।– (पैतालीस लाख साठी हजार) को ५ (पाँच) थान चेक र अशोक सिंह धामीको नाममा काटिएको रु.२,५०,०००।– (दुई लाख पचास हजार) को २ (दुई) वटा गरी रु.५,००,०००।–(पाँच लाख) को चेकसहित जिल्ला कैलाली, धनगढी उपमहानगरपालिका वडा नं. ४ बोराडाडीबाट आज मिति २०८१।०३।३१ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रवक्ता
नरहरि घिमिरे

 

Download Download