नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्भेक्षक संजिव कुमार यादव र आर.बि. लेखापढी सेन्टरका संचालक राम बाबु भुजेल रु.४,००,०००।- घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८१।०३।२७ गते।
----------------------------------------------------
 

नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्भेक्षक संजिव कुमार यादव र आर.बि. लेखापढी सेन्टरका संचालक राम बाबु भुजेलले जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सर्भेक्षक संजिव कुमार यादव र आर.बि. लेखापढी सेन्टरका संचालक राम बाबु भुजेललाई सेवाग्राहीबाट रु.४,००,०००।–(चार लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. १२ हनुमानस्थान, लगनखेलमा रहेको आर.बि. सेन्टरबाट आज मिति २०८१।०३।२७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रवक्ता
नरहरि घिमिरे

 

Download Download
  

Other Press Release