कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त रु.१,००,०००।- घुस रकम र श्रोत नखुलेको रु. ५०,०००।- सहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८१।०३।२३ गते ।
----------------------------------------------------

कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्तले सेवाग्राहीलाई काम गरे वापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज विनोद कुमार दत्तलाई सेवाग्राहीबाट रु.१,००,०००।–(एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको रु.५०,०००।– (पचास हजार रुपैयाँ) सहित कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रहेको कारागार प्रशासकको निवासबाट आज मिति २०८१।०३।२३ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

 
प्रवक्ता
नरहरि घिमिरे

Download Download