जिल्ला ताप्लेजुङ, फुङलिङ नगरपालिका नगरकार्यपालिकाको कार्यालय ताप्लेजुङमा अधिकृत स्तर छैटौ, सिभिल इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसैन रु.१,००,०००।- घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८१।०३।१७ गते।
----------------------------------------------------

जिल्ला ताप्लेजुङ, फुङलिङ नगरपालिका नगरकार्यपालिकाको कार्यालय, ताप्लेजुङमा अधिकृत स्तर छैटौं, सिभिल इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज सिभिल इन्जिनियर मो.अख्तर हुसैनलाई सेवाग्राहीबाट रु.१,००,०००।–(एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित फुङलिङ नगरपालिका, वडा नं. ४ न्यूरोड ट्याक्सी स्ट्यान्ड नजिकबाट आज मिति २०८१।०३।१७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

 प्रवक्ता
नरहरि घिमिरे

 

Download Download