जिल्ला कपिलबस्तु, नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८१।०२।२५ गते ।
----------------------------------------------------

जिल्ला कपिलबस्तु, नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ताले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सर्वेक्षक बेचनप्रसाद गुप्तालाई सेवाग्राहीबाट रु.३५,०००।–(पैतीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको रु. ५०,०००।– (पचास हजार रुपैयाँ) सहित नापी कार्यालय, चन्द्रौटा नजिकैबाट मिति २०८१।०२।२५ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release