पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८१।०२।१८ गते।
----------------------------------------------------
पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्यालले निर्माण कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याललाई सेवाग्राहीबाट रु.१७,०००।–(सत्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नं. ३१ अन्तर्गत पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौं स्थित निजहरुकै कार्यकक्षबाट आज मिति २०८१।०२।१८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Download Download
  

Other Press Release