जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. २ बस्ने घुस/रिसवतमा संलग्न विचौलिया ध्रुव बहादुर कडायतलाई नगद रु.२,००,०००/- लाख र निजको नाममा काटिएको रु. दुई लाखको चेक थान एक गरी जम्मा रु. चार लाख रकम सहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८१।०२।०९ गते।
----------------------------------------------------

जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. २ बस्ने ध्रुव बहादुर कडायतले व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि चन्द्रगिरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष भाई कृष्ण तामाङको निर्देशन बमोजिम घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले घुस/ रिसवतमा संलग्न विचौलिया ध्रुव बहादुर कडायतलाई सेवाग्राहीबाट नगद रु.२,००,०००/- (दुई लाख रुपैयाँ) र निजको नाममा काटिएको रु.दुई लाखको चेक थान एक गरी जम्मा रु. चार लाख घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम सहित जिल्ला काठमाडौं चन्द्रागिरी न.पा. वडा नं. १२ बलम्वुस्थित चन्द्रागिरी नगरपालिका कार्यालयको गेट अगाडि सडकबाट आज मिति २०८१।०२।०९ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

 प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release