जिल्ला कपिलवस्तु, भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवाका नायब सुब्बा नरहरी खनाल घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०८१।०१।२४ गते ।
----------------------------------------------------

जिल्ला कपिलवस्तु, भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवाका नायब सुब्बा नरहरी खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज नायब सुब्बा नरहरी खनाललाई सेवाग्राहीबाट रु.३०,०००।– (तीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलबस्तुको कर्मचारी आवासबाट आज मिति २०८१।०१।२४ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
नरहरि घिमिरे

Download Download