जिल्ला कैलाली, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल रु. १,२०,०००।- घुस रकम र श्रोत नखुलेको रु. १,००५।- सहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८१।०१।०५ गते।
----------------------------------------------------
जिल्ला कैलाली, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय, नेपालञ्जबाट खटिई गएको टोलीले निज जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई सेवाग्राहीबाट रु.१,२०,०००।–(एक लाख बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको रु.१,००५।- (एक हजार पाँच रुपैयाँ) समेत गरी जम्मा रु.१,२१,००५।–(एक लाख एक्काइस हजार पाँच रुपैयाँ) सहित जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ बाट आज मिति २०८१।०१।०५ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रवक्ता
नरहरि घिमिरे

 

Download Download
  

Other Press Release