जिल्ला कपिलवस्तु, महाराजगञ्ज नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अलि घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।१८ गते।
----------------------------------------------------

जिल्ला कपिलवस्तु, महाराजगञ्ज नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अलिले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज वडा अध्यक्ष उजेर अलिलाई सेवाग्राहीबाट रु.१५,०००।– (पन्ध्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाट आज मिति २०८०।१२।१८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।


 प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release