नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८०।०९।११ गते।
----------------------------------------------------

नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकालले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज अमिन गोविन्द ढकाललाई सेवाग्राहीबाट रु.४,०००।– (चार हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित निजकै कार्यकक्षबाट आज मिति २०८०।०९।११ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

 प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release