नापी कार्यालय, भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादव नगद रु.७०,०००।– र रु.५५,०००।– को चेकसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०८०।०६।२९ गते ।
----------------------------------------------------

नापी कार्यालय, भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादवले जग्गा कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादवलाई सेवाग्राहीबाट नगद रु.७०,०००।– (सत्तरी हजार रुपैयाँ) र रु.५५,०००।– (पचपन्न हजार रुपैयाँ) को चेकसहित जम्मा रु. १,२५,०००।– (एक लाख पच्चीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा जिल्ला झापा, भद्रपुर, नगरपालिका वडा नं. ७, चन्द्रगढीबाट मिति २०८०।०६।२९ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
भोला दाहाल

Download Download
  

Other Press Release