पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य-सचिव डा. प्रदिप ढकाल र ऐ. कोषका तत्कालीन कोषाध्यक्ष हालका सदस्य सचिव डा. मिलन कुमार थापासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०६।१४ गते।
------------------------------------------
 
पशुपति क्षेत्र विकास कोषका संचालक परिषद्‍को पत्र, पशुपतिनाथ मन्दिरका मूलभट्टको निवेदन, श्रीको जलहरी निर्माण ब्यबस्था समिति गठन भएको पत्र, पशुपति क्षेत्र विकास कोष संचालक परिषद्को रकम निकासा सम्बन्धीको पत्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको श्रीपशुपतिनाथको मन्दिरमा सुनको जलहरी निर्माणको लागि रु. ३० करोड रकम निकासाका लागि अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखालाई लेखिएको पत्र, अर्थ मन्त्रालय सिंहदरबार काठमाडौंको सुनको जलहरी निर्माण गर्न आबश्यक पर्ने सुन नेपाल राष्ट्र बैंकसंग खरिद गर्ने, खरिद गरेको सुनको नेपाल राष्ट्र बैंकलाई भुक्तानी गर्नुपर्ने रकममध्ये कोषको स्रोतबाट अपर्याप्त हुने रकममध्ये रु. ३० करोड कोषलाई उपलब्ध गराउने गरी खरिद प्रक्रिया अगाडि बढाउन सहमति दिने भन्ने समेत ब्यहोराको पत्र, सुनको जलहरी निर्माण कार्यका लागि कार्यटोली गठन भएको पत्र, सुन खरिद बिक्री सम्बन्धी सम्झौता पत्र, लकरमा सुन राखिएको मुचुल्का, सुनको जलहरी निर्माण कार्य आरम्भ गरिएको मुचुल्का, नेपाल राष्ट्र बैंक गभर्नरको कार्यालय बालुवाटारको १० किलोग्रामसम्म सुन र दुई किलोग्राम सम्म चाँदी डेपुटी गभर्नर र सोभन्दा माथि गभर्नरज्यूबाट भएको निर्णय तथा कोषको माग बमोजिमको सुन बिक्री गरिएको र नेपाल राष्ट्र बैंक सुन चाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्यबिधि, २०७५ को दफा १० (छ) बमोजिम कच्चा सुन चाँदी ९९९ टच भन्दा कम गुणस्तरको मात्र बिक्री गर्न मिल्ने ब्यबस्था रहेकोले कोषबाट सोही बमोजिम कम टचको सुन खरिद गर्न मन्जुर गरी मिति २०७७/१०/२६ मा बैकसँग सम्झौता गरी बैंकको मौज्दातमा रहेको सुन बिक्री गरिएको भन्ने ब्यहोरा पत्रसमेतको सम्बन्धमा अनुसन्धान हुँदा। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
भोला दाहाल
 

Download Download
  

Other Press Release

नापी कार्यालय चावहिल २ र ३ नं. नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोप जङ खत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/07
आठबीसकोट नगरपालिका रूकुम पश्चिमका नगर प्रमुख रवी के.सी., पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्ण सिंह ठकुरी र ज्ञानु कुमार शर्मासमेत ११ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/06
जिल्ला सप्तरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा. राम पवित्र दाससमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/05
गढवा गाउँपालिका, दाङका तत्कालीन अध्यक्ष सहजराम अहिरसमेत ५ जना र सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रा.लि., बुटवल, रूपन्देही उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/04
सव-डिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख (अधिकृत आठौ प्राविधिक) राम केवल राय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/03
जिल्ला सुर्खेत, मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्षहरू खीम बहादुर सावद, पदम सिं सावद, हर्क बहादुर बुढासमेत ११ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/03
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत इन्जिनियर (कम्प्युटर) राकेश कुमार दास उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/31
शुद्धोधन गाउँपालिका, कपिलवस्तुका उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) समेत २ जना उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/30