Online
Complaint

जलस्रोत अनुसन्धान बिकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्की उपर बिगो रु.४,६७,३८,७८०।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०५।१८ गते।
------------------------------------------
 
जलस्रोत अनुसन्धान बिकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीले पदको दुरुपयोग अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज तोरण बहादुर कार्कीले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०५३।०२।१७ देखि २०७९।०८।२८ सम्मको जाँच अवधिमा समग्र आय तथा व्ययको बिश्लेषण गर्दा आयतर्फ पारिश्रमिक आय, निजकी श्रीमतीको पारिश्रमिक आय, बिभिन्न भत्ता आय, घर बहाल आय, बिमा परिपक्क आय, जग्गा बिक्री आय, बैंक व्याज आय, बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा आय, ऋणवापत प्राप्त विप्रेषण आय गरी बैंध आय रु.१,०८,४८,५९०।०६ (एक करोड आठ लाख अड्चालीस हजार पाँच सय नब्बे रुपैयाँ छ पैसा) र सोही अवधिमा निजले सिर्जना गरेको खर्च तथा लगानीतर्फ घर निर्माण खर्च, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, अध्ययन खर्च, ऋण लिएवापत तिरेको साँवा व्याज, बिमा प्रिमियमवापत तिरेको रकम, सवारी साधन खरिद, बिभिन्न कम्पनीहरुको शेयर खरिद/लगानी गर्दा भएको खर्च, पुँजीगत लाभकर, घर वहाल कर, बैंक मौज्दात गरी रु.५,७५,८७,३७०।७२ (पाँच करोड पचहत्तर लाख सतासी हजार तीन सय सत्तरी रुपैंयाँ बहत्तर पैसा) देखिन आएबाट सो सिर्जित आयबाट निजको व्यय घटाउँदा हुन आउने रु.४,६७,३८,७८०।६६ (चार करोड सत्सठ्ठी लाख अठतिस हजार सात सय असी रुपैयाँ छैसठ्ठी पैसा) बराबरको खर्च तथा लगानी (सम्पत्ति) को बैधानिक स्रोत खुलेको नदेखिएकोले निजको बैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आएबाट बैधानिक रुपले आर्जित सम्पत्तिको अनुपातमा मनासिव नदेखिने किसिमको निज तोरण बहादुर कार्की र निजको परिवारले अमिल्दो र अस्वभाविक उच्चस्तरको जीवन यापन गरेको प्रमाणित भएको हुँदा सार्वनजिक पद धारण गरेका तोरण बहादुर कार्कीले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज तोरण बहादुर कार्कीलाई विगो रू.४,६७,३८,७८०।६६ (चार करोड सत्सठ्ठी लाख अठतीस हजार सात सय असी रूपैयाँ छैसठ्ठी पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५¸ दफा १६ग¸ दफा ३ र दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२) अनुसार विगो बमोजिम जरिवाना र कैद सजाय हुन एवं निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिसमेतबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख बमोजिम बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिइएको छ। 
यसैगरी तोरण बहादुर कार्कीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती उर्मिला थापा कार्कीसमेतको नाममा जग्गाहरु खरिद, शेयर खरिद, सवारी साधन खरिद तथा बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको श्रोत नखुलेको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख. बमोजिम उर्मिला थापा कार्कीलाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 
 
प्रवक्ता
भोला दाहाल
 

Download Download
  

Other Press Release

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य-सचिव डा. प्रदिप ढकाल र ऐ. कोषका तत्कालीन कोषाध्यक्ष हालका सदस्य सचिव डा. मिलन कुमार थापासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2023/10/01
जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका बस्ने ज्ञानहरी लामा उपर प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/10/01
जिल्ला दैलेख, नैमुले गा.पा. बस्ने देव बहादुर थापा उपर प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/10/01
जिल्ला बारा, बारागढी गा.पा. बस्ने नबि अख्तर मियाँ धोबी उपर प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/09/29
जिल्ला दोलखा, शैलुङ्गेश्वर गा.पा. बस्ने कल्याणी सुवेदी उपर प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/09/29
जिल्ला कैलाली, घोडाघोडी नगरपालिका वडा नं. २, साडेपानीस्थित श्री दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कार्यरत महेश शाह उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2023/09/29
जिल्ला उदयपुर, त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीसमेत ४ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/09/27