जिल्ला सप्तरी, विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेक नारायण यादव र एम.आई.एस. अपरेटर विरेन्द्र कुमार यादवलाई सेवाग्राहीबाट नगद रु.२,००,०००।– र रु.३,००,०००।–को चेकसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०८०।०४।३१ गते ।
----------------------------------------------------

जिल्ला सप्तरी, विष्णुपुर गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, विष्णुपुरमा कार्यरत लेखापाल टेक नारायण यादवले सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज लेखापाल टेक नारायण यादव र एम.आई.एस. अपरेटर विरेन्द्र कुमार यादवलाई सेवाग्राहीबाट नगद रु.२,००,०००।– (दुई लाख रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकम र रु.३,००,०००।–(तीन लाख रुपैयाँ) को चेकसहित जिल्ला सप्तरी, राजविराज नगरपालिका वडा नं. ३, त्रिभुवनचोकबाट मिति २०८०।०४।३१ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
भोला दाहाल

Download Download
  

Other Press Release