आयोगका प्रमुख आयुक्त श्री प्रेम कुमार राई र US Department of State’s Co-ordinator on Global Anti-Corruption Mr. Richard Nephew बीच शिष्टाचार भेट।


प्रेस विज्ञप्ति:- मिति २०८०।०४।२५ गते।
------------------------------------------

अख्तियर दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेम कुमार राई र US Department of State’s Co-ordinator on Global Anti-Corruption Mr. Richard Nephew बीच आयोगको कार्यालय टंगालमा आज शिष्टाचार भेट भएको छ। भेटका अवसरमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अभियानमा अमेरिका र नेपालबीच हुनसक्ने सहयोग, समन्वय र सहकार्य तथा भ्रष्टाचार सम्बन्धी अन्तराष्ट्रिय सूचना आदानप्रदानका विषयमा छलफल भयो।उक्त अवसरमा प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगको बारेमा संक्षिप्त जानकारी गराउनु भयो। 


प्रवक्ता
भोला दाहाल

 

Download Download
  

Other Press Release