घुस/रिसवत वापतको नगद रु.१५,०००।– र रु. ५५,०००।– को चेक बरामद गरिएको।


प्रेस विज्ञप्ति:- मिति २०८०।०४।०४ गते ।
----------------------------------------------------
जिल्ला सप्तरी स्थित सामाजिक विकास इकाई कार्यालय राजविराजका सव-इन्जिनियर अजय कुमार साफीले भवन निर्माण सम्बन्धि खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज सव-इन्जिनियर अजय कुमार साफीलाई घुस/रिसवत वापतको रकम लिइसके पश्चात नियन्त्रणमा लिने क्रममा निजले घुस/रिसवत वापत लिएको नगद रु. १५,०००।– (पन्ध्र हजार रुपैयाँ) र रु. ५५,०००।– (पचपन्न हजार रुपैयाँ) को चेक फ्याकी भागेकोले निज भाग्ने क्रममा फ्याकेको उक्त नगद र चेक जनप्रतिनिधिहरुको रोहवरमा नियन्त्रणमा लिइएको छ।

 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release