सडक डिभिजन कार्यालय, लहान सिरहाका लेखा अधिकृत पदम बिनोद पोखरेल रु.१,००,०००/- घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८०।०३।२६ गते ।
----------------------------------------------------

सडक डिभिजन कार्यालय, लहान सिरहाका लेखा अधिकृत पदम बिनोद पोखरेलले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज लेखा अधिकृत पदम बिनोद पोखरेललाई सेवाग्राहीबाट रु.१,००,०००।–(एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित सडक डिभिजन कार्यालय, लहान सिरहाबाट मिति २०८०।०३।२६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
 

सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Download Download