जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का कार्यवाहक वडा अध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासी घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८०।०३।०१ गते ।
----------------------------------------------------

जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का कार्यवाहक वडा अध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासीले कृषि अनुदानको लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिई गएको टोलीले निज कार्यवाहक वडा अध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासीलाई सेवाग्राहीबाट रु.९,०००।–(नौ हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०८०।०३।०१ गते जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३, उदयपुर स्थित वडा कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release