जिल्ला धनुषा, नगराइन, नगरपालिका वडा नं. २ का वडाअध्यक्ष वुलन यादव र सोही वडाका वडासचिव अमृत नारायण मिश्र रु. ७०,०००/- घुस रकमसहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८०।०२।३१ गते ।
----------------------------------------------------
जिल्ला धनुषा, नगराइन, नगरपालिका वडा नं. २ का वडाअध्यक्ष वुलन यादव र सोही वडाका वडा सचिव अमृत नारायण मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, वर्दिवासबाट खटिई गएको टोलीले निज वडाअध्यक्ष वुलन यादव र वडासचिव अमृत नारायण मिश्रलाई सेवाग्राहीबाट रु.७०,०००।–(सत्तरी हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०८०।०२।३१ गते नगराइन नगरपालिका, वडा नं. २, नगराइन चोक धनुषाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
भोला दाहाल
Download Download
Tweet