राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट (अधिकृत छैठौ तह) लेखनाथ भट्टराई रु. ५०,०००/- घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८०।०२।२६ गते ।
----------------------------------------------------

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट (अधिकृत छैठौ तह) लेखनाथ भट्टराईले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज मेडिकल ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराईलाई सेवाग्राहीबाट रु.५०,०००।–(पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०८०।०२।२६ गते का.म.न.पा. वडा नं. ३१, शंखमुलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

 
प्रवक्ता
भोला दाहाल

 

Download Download
  

Other Press Release