जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका लेखापाल प्र.ना.नि. बिनोद बिष्ट घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०८०।०१।२२ गते ।
----------------------------------------------------
जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका लेखापाल प्र.ना.नि. बिनोद बिष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज प्र.ना.नि. बिनोद बिष्टलाई सेवाग्राहीबाट नगद रु. ५०,०००।- (पचास हजार रुपैयाँ) र रु. १,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) को चेक गरी जम्मा रु.२,००,०००।– (दुई लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित काठमाडौं महानगरपालिका वडा नं. १०, नयाँ बानेश्वरबाट आज  मिति २०८०/०१/२२ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
भोला दाहाल

 

Download Download